झापा, दमक २५ माघ । आज झापाको अर्जुनधारा नगरपालिका–७, बिरिङ खोलामा ट्रयाक्टर दुर्घटनामा परेर १६ वर्षका सरोज श्रेष्ठको मृत्यु भएको छ।
बालुवा लोड गर्दै अगाडि बढाउने क्रममा ट्रयाक्टरको ढालामा सवार श्रेष्ठ खसेर पछाडिको चक्काले किचिएका कारण उहाँलाई स्थानीय शंखर अस्पताल शनिश्चरे ल्याइएको थियो, जहाँ डाक्टरले उहाको मृत्यु पुष्टि गरेका छन्।
प्रहरीले ट्रयाक्टर नियन्त्रणमा लिएको छ भने चालक र मालिक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाको अनुसन्धान जारी छ।
एआइ तस्बीर









