मतदाताले अध्यक्ष ओलीलाई भने, ‘विध्वङ्स गर्नेलाई कार्वाही होस्‌’

झापा, २५ माघ, २०८२। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्‌नै गाउँमा आई पुग्दा झापा कलम ५ का बासिन्दा हर्षित थिए । सवैको हातमा फूल, माला र ओठमा मुस्कान थियो । तर अरु भन्दा भिन्न चेहरा सहित उभिनु भएकी दूर्गा अधिकारीले परै देखि ओलीलाई नियाली रहनु भएको थियो ।

 

आफ्‌नै सामुन्नेमा ओली आई पुग्दा त उहाँ भावविहल हुनुभयो । उहाँले अध्यक्ष ओलीलाई भन्नुभयो, ‘त्यो भ्युटावर, सिंहदरवार, सरकारी कार्यालय जल्दा त मेरो हृदयबाटै धुँवा उठ्यो’ त्यस पछि स्तव्ध हुनु भएकी उहाँले थप्नुभयो, ‘ति भवन र कार्यालयको के दोष थियो र जलाईयो । ति विध्वङ्स गर्नेलाई अब त्यसै छाड्नु ।
उहाँको कुरा सुनेर केहि वेर ओली पनि मौन रहनुभयो र भन्नुभयो, ‘सवै कुरा समय आए पछि ठिक हुन्छ, चिन्ता नगर्नु होला ।’ स्वामीचोक पुग्दा अधिकारीसँगै अन्य स्थानीयहरुले पनि देशका सम्पदा जलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए । रतुवाको तटबन्धन, गाउँगाउँमा कालोपत्रे बाटो, विजुली र खानेपानी गाउँ गाउँ र घर घर सम्म ल्याउने मान्छेलाई कसैले पनि भुल्न नसक्ने राम धिमालले बताउनुभयो । यो ठाउँको विकास गरेको र अब पनि अरु विकास गर्ने नेतालाईनै यहाँका बासिन्दाले छान्ने उहाँको भनाई थियो ।

 

आईतबार अध्यक्ष ओली कमल गाउँपालिकाका विभिन्न टोलहरुमा पुगेर मतदातासँग भेट गरि रहनु भएको छ । शनिवार समेत उहाँले यहि गाउँपालिकाका विभिन्न टोलमा पुगेर स्थानीयसँग भलाकुसारी र भेटघाट गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै