झुपडीबाट पक्की घरमा बस्न पाएकाहरु भन्छन्‘अहिले त हुरी वतास, झरी केहिको डर छैन’

दमक, २५ माघ । खुला आकाशमुनि कठ्यांग्रिँदो शीतलहरसँग लड्दै, घामसँग जुझ्दै, अनि वर्षा र बाढीबाट भिज्दै बसीरहनु भएको थियो दमक २ की सावीत्रा विस्वकर्मा र उहाँको परिवार । चार भित्ताविना, चार मौसमको क्रूरतासँग सधैँ जुधिरहनुपर्ने बाध्यताबिच उहाँहरु बसीरहनु भएको थियो । ‘आफ्नो घर’ भन्ने शब्द उहाँहरूका लागि सपना मात्रै थियो । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न समुुदायलाई आवास उपलब्ध गराउने उद्देश्यसहित ‘जनता आवास कार्यक्रम’ सरकारले सुरु गरेपछि अहिले विस्वकर्मा जस्ता कयौले झुपडीबाट पक्की संरचना सहितको आफ्नै घरमा बस्न पाउने हुनु भएको छ । देशले गणतन्त्र मात्रै पाएन, संघीयता मात्रै ल्याएन, अधिकारका भाषण सुनाइएको मात्रै छैन । दलित सशक्तीकरणका योजना बनेका छन्  । सरकारको ‘सबैलाई आवास’को नारा ल्याएर घर दिने काम पनि गरेको छ । यस्तैमा दमक २ कि विस्वकर्माले पनि पनि अहिले सुरक्षीत आवास पाएपछि ढुक्कले बस्ने हुनु भएको छ ।

 

यो क्षेत्र हात्तीबाट प्रभावीत क्षेत्र हो । हात्तीले राती मात्रै नभएर दिउसो नै पनि आक्रमण गर्न सक्ने त्रास यो गाउँमा छ । यस्तो ठाउँमा कच्ची, भाटाले बेरेको मात्रै झुप्रो यो समुदायकालागी सँधै चुनौती मात्रै बनेको थियो । तर अहिले त्यो चुनौतीले पार पाइसकेको छ । केपि शर्मा ओली प्रधानमन्त्री भएका बेला घर बनाउन नसक्नेलाई स्थाई घर बनाइदिने नितीले अहिले सार्थकता पाएको छ र उनीहरु बिना डर त्रास सुत्न सक्ने हुनु भएइको छ ।

 

उसो त डिक बहादुर विकको पनि स्थिती र अवस्था उस्तै हो । वरीपरी बाँसको भाटाले बारेको झुप्रो । यो झुप्रोमा ठुलो परिवारले रात कटाउनु पथ्र्यौ । अली ठुलो पानी पर्दा घर भीत्रै पानी । ठुलो हुरी बतास चल्दा चीत्रा उडाएर घरनै उदाङ्गो बनाइदिने पीर । यस्ता पीर र पीडा खेपेर वर्षौ देखि बस्नु भएका डिक बहादुरले अहिले दुई कोठो पक्की घरमा बस्ने हुनु भएको छ । त्यो पनि आफ्नो लगानी नगरी यत्तीको घर बन्यो । अहिले उहाँ जस्तोसुकै बाढि , झरी, हुरी वतास जे सुकै आएपनि बिना त्रास बस्न सक्नु भएको छ ।

 

सङ्घीय सरकारले ‘जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३’ निर्माण गरी ‘लोपोन्मुख र अति सीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवासको व्यवस्था गर्न’ यो कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।सङ्घीय सरकारले जनता आवास कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारलाई ससर्त अनुदान उपलब्ध गराउँदै आएको छ । यस कार्यक्रमअन्तर्गत एउटा घर निर्माणका लागि सरकारले साढे तीन लाख रुपियाँ अनुदान दिँदै आएको छ भने लाभग्राहीले आफ्नै खर्चमा शौचालय बनाउने गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै