दमक,२७ माघ, २०८२। झापाको गौरादह स्थित बालुबथानका स्थानीयबासीले देश बनाउने जिम्मा केपी शर्मा ओली बाहेक अरुलाई दिन नसकिने बताएका छन् । मतदाताहरुसँगको भेटघाटका लागि एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली पुग्दा उनीहरुले विगतका गरेका कामलेनै यो देश निर्माणको नेतृत्व ओलीले मात्र लिन सक्ने प्रष्ट भई सकेको उनीहरुले जनाए ।
तीन दशक भन्दा लामो समय देखि आफ्नो ठाउँमा विकास गर्दै आउनु भएका ओलीलाई फेरि पनि निर्वाचित गराएर पठाउन यस क्षेत्रका बासिन्दा आतुर भएको स्थानीयको भनाई छ ।
बाटो, विजुली, खानेपानी लगायतका पूर्वाधार नभएको ठाउँमा ओलीकै पहल र प्रयासले सवै सुविधाहरु प्राप्त गर्न सफल भएको उनीहरुले बताए । आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओली केहि दिन देखि मतदाताहरुसँगको भेटमा सक्रिय रहनु भएको छ

धनकुटा प्रहरीद्वारा बरामद लागूऔषध नष्ट
धनकुटा,१९ कार्तीक । जिल्ला प्रहरी कार्यालय धनकुटाले विभिन्न समयमा बरामद गरेको १ हजार ५ सय ९६ किलो गाँजा र १ हजार ७ सय १६ ट्याब्लेट









