अध्यक्ष ओलीसँग सीधै पोखे गुनासो

दिनैभरी तस्बिर खिच्नेको होडवाजी

गौरादह २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङगलबार एकै दिन झापाका दमक र गौरादहका नपाका विभिन्न ११ वटा स्थानमा भेटघाट सम्पन्न गर्नुभएको छ ।
बिहान साढे ११ बजे दमकको आम्दा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सहभागी हुनुभयो । करिव आधा घण्टा यहाँ रहनुभएका ओलीलाई अस्पतालको बर्तमान अवस्थाको बिषयमा ब्यवस्थापन पक्षले जानकारी गराएको थियो । अध्यक्ष ओली प्रधानमन्त्री भएको अवस्थामा नै अस्पतालको लागि ३ करोडको लगानीमा नयाँ भवन निमार्ण भएको र यहाँ आधुनिक ल्याव सञ्चालन गर्न थप ७० लाख रूपयाँ लगानी भएको जानकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिखर कट्टेलले जानकारी दिनुभयो ।
यसरी नै ओलीको पहलमा आईसियु भवन समेत निर्माण भई सञ्चालन भईरहेको जानकारी आम्दा नेपालका सञ्चालक समिति सदस्य डाक्टर नवीन ढकालले जानकारी दिनुभयो । सो कार्यक्रम सम्पन्न भएलगत्तै दमक ५ मा रहेको एक मरिमराउ भएको परिवारलाई समवेदना दिन पुग्नु भयो । करिव २० मिनेटसम्म यहाँ रहदा उक्त परिवारका सदस्य सँग अन्तरिक बिषयमा जानकारी लिनु भयो ।

यहाँबाट निश्किए लगत्तै अध्यक्ष ओली आफ्नो पूर्वनिर्धारित कार्यक्रमका लागि गौरादह नगरपालिकाका ५ स्थित बालुवथानमा तय गरिएको भेटघाटमा पुग्नु भयो । यहाँ पुग्दा लिम्बू जातीको परम्परागत च्याब्रुङ बाजा बजाएर भब्य स्वागत गरिएको थियोे । एक घण्टासम्म यहाँ बिताउनु भएका ओलीलाई सुकुम्बासी समस्या समाधान गरिदिन स्थानीयले माग गरे । चीन नेपाल मैत्री अ‍ौद्योगिक पार्क तत्कालै सञ्चालन गर्न आवाज उठाएका छन् । अध्यक्ष ओलीसँग सबैभन्दा धेरै समय स्थानीयले तस्बिर खिचाउने काममा ब्यस्त बनाए । उनिहरूको चाहना बमोजिम सामुहिक र ब्यक्ति ब्यक्ति सग छुट्टाछुट्टै तस्बिर खिच्नुभयो । अन्तिममा सबैका कुरा सुनिसकेपछि उहाँले धेरै काम अघि बढिरहेको अवस्था जानकारी दिनुभयो ।

यस लगत्तै उहाँ चप्रमारी बजार पुग्नु भयो । यहाँ पुग्नासाथ अन्यत्र जस्तै ओलीलाई नजिकबाट स्वागत गर्ने, फोटो खिच्न नजिकै पुगको मौकामा धेरैले आफ्ना कुरा कानमा खुसुक्क राख्ने गरे । अध्यक्ष ओलीले पनि वृद्धवृद्धा र वालवालिकालाई विशेष महत्त्व दिने गरिएकाले सुरक्षा र स्वयंसेवकले समेत वातावरण मिलाईदिए । भेटको क्रममा स्थानीय किसानले उत्पादन गरेका धान, मकै जस्ता वालीनालीको उचित मुल्य नपाएको गुनासो गरेका छन् । यसक्षेत्रमा सडक र खानेपानीका बाँकी काम पूरा गर्न समेत स्मरण गराएका छन् झण्डै एक घण्टा जति यहाँ लागेको थियो ।
यहाँको भेटघाट सकिए लगत्तै कोहवरा बजारमा आयोजना गरिएको कार्यक्रममा पुग्नु भयो । यहाँ पुग्दा निर्धारित समयभन्दा झण्डै एकघण्टा भन्दा बढी समय ढिलो भईसकेको थियो । प्रतिक्षामा रहेका स्थानीयले फूलमालाले स्वागत गरेका थिए । अन्य क्षेत्रमा जस्तै यहाँका वासिन्दाले पनि अधुरा काम पूरा गर्न जोड दिए । अध्यक्ष ओलीले पञ्चायती ब्यवस्था विरूद्द आवाज उठाउदाको आफ्नो भूमिगत जीवनमा वसोवास गरेको यो क्षेत्रमा धेरैको नाम र घरका स्थानीयसंग अझै पनि प्रष्ट दोहोरो चिनजान छ । यसरी कार्यक्रममा जाने क्रममा बाटोमा पर्ने धेरैजसो घरमा निश्कदै भेटघाट गर्दै हिड्ने गर्नु भयो । यसले तोकिएको कुनै पनि कार्यक्रममा निर्धारित समयमा पुग्न मुश्किल भयो ।

यहाँको कार्यक्रम टुंग्याएर लगत्तै तेलियाडाँगीमा आयोजना गरिएको भेटघाटमा पुग्नुभयो । यहाका बासिन्दाले रतुवा नदी कटान नियन्त्रण, सडक स्तरोउन्नति गर्नु पर्ने माग राखे । यहाँको कार्यक्रम सकिए लगत्तै दामुना बजारमा आयोजना गरिएको कार्यक्रममा पुग्नुभयो । यहाका वासिन्दाले सरकारबाट विपन्नलाई तोकिएको झुलदेखि अन्य सुबिधाबाट बन्चित भएको गुनासो गरे । यहाँ लगभग आधा घण्टाको समयसम्म रहदा बजार ब्यवस्थापन पुल सडक बिस्तार लगायतका समस्य उठान गरिएको थियो ।
डोरामारी चौकमा आयोजना गरिको कार्यक्रममा सहभागी हुनुभयो । अन्यत्र जस्तै यहाँ पनि तस्बिर खिच्ने र स्थानीयका कुरा सुन्नु भयो । अध्यक्ष ओलीको यो पटकको भेटघाटमा स्थानीयका गुनासा धेरै सुन्ने गरिएको छ । अन्तिममा आफ्नो बिषय राख्नु गर्नुभयो
आजको अन्तिम कार्यक्रम स्कुलचौन बजारमा पुग्दा अध्यारो भईसकेको थियो । स्कुलचौनमा सबैभन्दा बढी अब्यवस्थित वसोवासी र सुकुम्बासीको समस्या रहेको बताए । यसरी साँझ दमक निवास फर्कनु भयो । हरेक क्षेत्रमा पुग्दा आफुलाई गरिएको स्वागतले अध्यक्ष ओलीलाई अझ उत्साहित बनाएको थियो । दिनभरीका यी सबै भेटघाटमा सहभागीले ओलीलाई आफ्नो अभिभावक आएको झै गरि उत्साहित भएको पाइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम शोषणविरुद्ध चिकित्सकहरूको विरोध प्रदर्शन

काठमाडौँ,२ साउन। विभिन्न अस्पतालमा कार्यरत मेडिकल अधिकृत, इन्टर्न तथा आवासीय चिकित्सकहरूले चरम श्रम शोषण भएको भन्दै काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। ’युवा तथा प्रशिक्षार्थी

तीन महिनामा तीन लाख सदस्य थप्ने उज्यालो नेपाल पार्टीको लक्ष्य

काठमाडौं , २ साउन। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै