पथरीमा ५० मिटरकै सडक बनाउन सरोकारवालाहरु सहमत

पथरी, २८ माघ / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका १ स्थित पथरी बजार क्षेत्रमा ५० मिटर चौडाइको सडक निर्माण गर्ने कुरामा सरोकारवालाहरु सहमत भएका छन् ।

 

ंपथरी शनिश्चरे नगरपालिका कार्यालयले सडकको क्षेत्राधिकार साढे ८२ मिटर चौडाई खाली गर्ने विषयमा सरोकारवालाहरुसँग आज छलफल गरेको छ । सो क्रममा सडक क्षेत्रमा केही भाग पर्ने ८२ घरका सदस्यहरुसँग छलफल गर्दा उनीहरुले सडकको क्षेत्र खाली गरेर ५० मिटर चौडाईको सडक निर्माण गर्ने कुरामा सहमति जनाएको नगरपालिका कार्यालयले जनाएको छ । सडक पूर्ण रुपमा सिधा नभएका कारण जीपीएसको नाप भन्दा प्रत्यक्ष रुपमा फित्ता टाँगेर नाप्न सडक परियोजना कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । त्यसरी नाप्दा खासै घरहरुमा असर नपर्ने उल्लेख छ । केही घरको समस्या भएमा समाधानको उपाय खोजिने विषयमा पनि छलफल भएको संघर्ष समिति संयोजक तथा १ नम्बर वडाका पूर्व अध्यक्ष बाबुराम एङ्देनले जनाउनु भयो ।

 

५० मिटर चौडाईको सडक भनिएपनि त्यसको निर्माण प्रक्रियाले त्यो भन्दा सानो सडक बनाउन थालिएको भन्दै स्थानीय आन्दोलित बनेका थिए । त्यसपछि नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले सोही अनूरुपको प्रक्रिया अघि बढाउन सडक क्षेत्र किनारमा बसोबास गर्ने प्रत्यक्ष सरोकारवालाहरुको बैठक डाक्नु भएको थियो ।

 

सर्वपक्षीय भेलाले वडा नम्बर १ का पूर्व अध्यक्ष बाबुराम एङ्देन संयोजक र कमल हाङबाङ सहसंयोजक रहेको सरोकारवालासहितको सडक संघर्ष समिति गठन गर्दै गत भदौमा सडक परियोजनाले सहमति गरी ५० मिटरको सडक निर्माण गर्ने काम विपरीत काम थालिएको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

 

संघर्ष समिति गठन पश्चात नगरपालिका कार्यालयमा दबाब दिन पुगेको समितिको टोलीले सो सहमति अनुरुप काम नभएको भन्दै तत्काललाई पथरी बजार क्षेत्रको सडक निर्माण कार्य स्थगित गर्ने, सरोकारवाला पक्षसँग छलफल गर्ने र सडकको क्षेत्राधिकारको साढे ८२ मिटर सडक खाली गर्ने विषयमा माग अघि सारेको थियो ।

 

पथरी बजारमा सडकको साढे ८२ मिटर चौडाईको क्षेत्राधिकार खाली हुन नसक्दा ४४ मिटर चौडाईको मात्र सडक बन्ने भएपछि भविष्यका लागि सडक क्षेत्रको पूर्णरुपमा प्रयोग गरी ५० मिटरकै सडक बन्नु पर्ने आवाज उठाउँदै आएको अवस्था छ । यसक्रममा माघ ११ गते वडा नम्बर १ का वडाअध्यक्ष भिमकुमार राईको संयोजकत्वको राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले काँकडभिट्टा –लौकही सडक आयोजना पश्चिम खण्ड इटहरीमा ५० मिटर सडक निर्माणको आफ्‌ना माग अघि सारेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।