निर्वाचनको सुरक्षा

झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ

झापा, २ फागुन । फागुन २१ गतेको निर्वाचनमा कुनै पनि आपराधिक घटना हुन नदिन झापाको १२ ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको छ ।

निर्वाचन बिथोल्न आपराधिक तत्वहरुबाट हुन सक्ने अपराध रोक्नका लागि पूर्व तयारीस्वरुप जिल्लाको १२ ठाउँमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिने भएको छ। हाल जिल्लाका विभिन्न ६ ठाउँमा बम डिस्पोजल टोली तैनाथ भइसकेको र निर्वाचनको संघारमा अन्य ६ ठाउँमा बम डिस्पोजल टोली राखिने सुरक्षा स्रोतले बताएको छ । संवेदनशील मानिएको चन्द्रगढी विमानस्थल र झापा कारागारमा बिहीवारदेखि नै सेना परिचालन गरिएको स्रोतले जनाएको छ । विमानस्थल र कारागारमा एक–एकवटा नफ्री परिचालन गरिएको अरिदमन गणले बताएको छ ।

 

त्यस्तै माघ २१ गतेदेखि सेनाले पैदल , सवारी साधनमार्फत र संयुक्तरुपमा गस्ती संचालन गरिरहेको छ । निर्वाचनको एक महिना अघिदेखि जिल्लाको चार ठाउँमा कम्पनी अपरेटिङ बेस (सीओबी) खडा गरी सुरक्षा प्रदान गरिरहेको छ । मेजरको कमाण्डमा झापा क्षेत्र नं ५ को सुरक्षाका लागि दमकमा , ४ को लागि सुरुङ्गामा , ३ को लागि चन्द्रगढीमा सीओबी खडा गरिएको हो भने क्षेत्र नं १ र २ को लागि अरिदमन गणबाटै सुरक्षा प्रदान भइरहेको जनाइएको छ । त्यसबाहेक जिल्लाको १६ ठाउँमा पोस्ट अपरेटिङ बेस (पीओबी) खडा गरिदैछ । जिल्लाका हरेक मतदान केन्द्रमा २० मिनेटभित्र पुग्ने गरी फौजलाई परिचालन गरिएको अरिदमन गणका प्रमुख सेनानी सरोज थापाले बताउनु भयो ।

 

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको जनाएको छ । जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसंवेदनशीलका रुपमा राखिएको छ । जिल्लामा रहेका २८५ मतदानस्थल मध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि करिव ८ सय सेना परिचालन गरिएको छ । चारआलीस्थित अरिदमन गणबाट ६ सय र २१ नं बाहिनी तोपगाछीबाट २ सय फौज परिचालन गरिएको स्रोतले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।