“एमालेको ३० बुँदे अपिल: झापा–५ का मतदातालाई केपी शर्मा ओलीमा विश्वास गर्न आह्वान”

दमक,२ फागुन ।नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ का मतदातालाई अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गर्न ३० कारणसहित अपिल गरेको छ। पार्टीको क्षेत्रीय कमिटीले जारी गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, शिक्षक दरबन्दी मिलान, अधुरा विकास योजना सम्पन्न गर्नु, नवयुवालाई प्राविधिक शिक्षा र स्वरोजगार बढाउनु लगायतका विषय समेटिएका छन्।

629849086_1576974493530928_1651086512762013761_n

एमालेका अनुसार ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाइ कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिन्छ। यसैगरी, एसियन हाइवे, मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरा निर्माण सम्पन्न गर्नु, दमक–रवि तथा चिसापानी सडक विकास गर्नु, नेपाल–चीन मैत्री औद्योगिक पार्क र दमक, गौरादह, गौरीगञ्ज बजारको स्मार्ट सिटी विकास गर्नु पनि अपिलमा समावेश छ। पार्टीका केन्द्रीय सदस्य दीपक कार्कीले मतदातालाई स्वास्थ्य सेवा, तटबन्धन, भूमिहीन र सुकुम्बासीको समस्या समाधान जस्ता मुख्य उपलब्धिहरू सम्झाउँदै मतदान गर्न आह्वान गरेको बताए।

अपिल घरदैलो अभियान र मतदातासँगको प्रत्यक्ष संवादमा पनि प्रयोग गरिनेछ। एमालेले जोड दिएको छ कि ओली र झापा ५ एक अर्काका लागि परिपूरक हुन् र उनका विकासकार्य तथा जनसँगको सामिप्यता निर्वाचनमा निर्णायक भूमिका खेल्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा