झापा ५ : नेकपामा रन्जित तामाङद्वारा झापा ५ भिजन ७ सार्बजनिक

दमक ३ फागुन । झापा–५ का नेकपा उम्मेदवार रन्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गर्नुभएको छ।
दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गर्दै तामाङले झापा–५ का लागि ७ वटा प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिनुभयो।

राजनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्वपूर्ण मानिने झापा–५ का लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिक भिजनका रूपमा अघि सारिएको छ।
शिक्षा क्षेत्रमा तामाङले यस क्षेत्रमा रहेका ८७ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्य लिनुभएको छ। साथै, दमक बहुमुखी क्याम्पसलाई प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना पनि समेटिएको छ। गौरादह र गौरिगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई समयअनुसार परिस्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने लक्ष्यसमेत भिजनमा उल्लेख गरिएको छ।

स्वास्थ्य क्षेत्रतर्फ सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ।
कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति अघि सारिएको छ।
भौतिक पूर्वाधारतर्फ १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन, औद्योगिक ग्राम स्थापना लगायतका महत्वाकांक्षी मिसन समेटिएका छन्।

भिजन पेपरअनुसार आगामी पाँच वर्षभित्र १७० वटा गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि निर्वाचन क्षेत्रका २९ वडामा हरेक वर्ष २९ आयोजना सञ्चालन गरिने, चारवटा स्थानीय तहमा हरेक वर्ष चार–चार आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एउटा आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ।
तामाङले झापा–५ लाई योजनाबद्ध विकास, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने उद्देश्यसहित ‘भिजन–७’ सार्वजनिक गरिएको स्पष्ट पार्नुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।