शिक्षकहरुनै चेतनाका संवाहक हुन् : अध्यक्ष ओली

दमक ,३  फागुन, २०८२।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरुनै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताउनु भएको छ । आईतबार झापा आई पुग्नु भएका उहाँले दमक २ स्थित हिमालय माविमा भएको कार्यक्रममा विगतका राजनीतिक एवम् जनाधिकारका आन्दोलनहरुमा पनि शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गराउनु भयो ।

उहाँको नेपालको शिक्षा क्षेत्र र शिक्षकहरुका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भुमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । आफु पनि २०२६ सालको शिक्षक रहेको स्मरण गर्दै अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागिर मात्र नभई समाज रुपान्तरणको अभिभारा समेत रहेको बताउनुभयो । शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरुमा समेत पुगेर शिक्षकहरुले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैल्याएको भन्दै उहाँले समयानुकुल वेतन अभावमा पनि शिक्षकहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

समय समयमा हुने शिक्षक आन्दोलनका क्रममा सहि ढंगले योजना बनाउने र विषय उठान गर्ने कार्यको अभावमा पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुका समग्र माग संवोधनका लागि एमालेले शिक्षकहरुसँगै रहेको बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा