देश जेनजीले होइन अपराधीले जलाएका हुनः अध्यक्ष ओली

दमक, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको नाममा अपराधीले जलाएको बताउनुभयो । आज झापाको दमक नगरपालिका २ स्थित हिमालय उच्चमावीमा आयोजना नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्र्तकृया कार्यक्रममा उक्त धारणा राख्नुभएको हो । गत भदौ २३ र ३४ गते मुलुकमा भएको आगजनी तोडफोड जेनजीले पुस्ताले नगरेको उहाँको दावी छ । उहाँले अगाडी भन्नुभयो “नेपाल शिक्षक संगठन भनेजस्तै जेनजी एउटा उमेर समुह हो । यो समुहका युवा पुस्ताको आन्दोलनमा घुसपेट गरेर अपराधि मुलुक जलाएका हुन् ।” शिक्षक बिद्यार्थीले देश जलाएको होइन उहाँले प्रष्ट पार्नुभयो ।
शिक्षकहरुको मागका बिषयमा अध्यक्ष ओलीले भन्नुभयो “म प्रधनमन्त्री भएको अवस्थामा नै शिक्षकका माग उठाएइको थियो । मैले बार्तामा आउन पटक पटक शिक्षक संगठनका प्रतिनिधिहरुलाई आवह्रान पनि गरेको थिए ।

 

उहाँहरु आउनुभएन र सरकार र प्रधानमन्त्रीको बिरोधमात्र उत्रन थाल्नुभयो ।” सबैसमस्या बार्ताबाट समाधान हुनसक्थ्यो । समस्याको निकास बर्ताबाट निकाल्न सकिने अवस्था रहदा रहदै पनि सरकारको बिरोध प्रधानमन्त्रीको बिरोधमात्र गरिहनुभयो । जुन बिषयले निकास दिन सक्दैनथियो । काहाँ लगेर कसरी टुङ्याउने कासम्म जाने आन्दोलनको मार्ग प्रस्ट हुनुआवश्यक हुन्थ्यो । कस्ले कोसँग सम्बाद गर्ने प्रष्ट हुनुपर्ने थियो ।

शिक्षकहरुको संयुक्त आन्दोलनमा बिभिन्न आस्थाका आधारममा फरक फरक माग दृष्टिकोणबाट आएको थियो । जुन सहज रुपमा आएन । शिक्षहरुका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई नै जिम्मा दिएको थियो । आन्दोलनमा काँग्रेस र माओवादी बिचारमा आवद्ध शिक्षकहरुले लगातार सरकार र प्रधानमन्त्रीको मात्र बिरोध गरि रहेकाले आन्दोलनले सही निकास दिन नसकेको अध्यक्ष ओलीले प्रस्ट पार्नुभयो । ४ दिनको काठमाण्डौ बसाई पछि पुन आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएको हो । अध्यक्ष ओलीले आजै दमकका तीनवटा कार्यक्रममा सहभागी हुने नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले जानकारी दिनुभयो । उहाँले शिक्षकहरुको कार्यक्रम सम्पन्न गरे लगत्तै दमक नपा ४ मा धिमाल जाती बिकास केन्द्रले आयोजना गर्ने कार्यक्रममा सहभागि हुनुहुने छ । यसरी नै आजै साँझ ५ बजे दमक ६ स्थित एमालेको वडा निर्वाचन प्रचार प्रसारको कार्यालयमा मुश्लिम समुदायले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने योजना रहेको जनाइएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।