दमक, ३ फागुन । नेकपा एमालेका ओलीले अहिलेको सरकारले सार्वभौम संसदले अनुमोदन गरेको बजेटका विकास कार्यक्रम कटौती गरेर विकास विरोधी चरित्र देखाएको बताउनु भएको छ । आईतबारबाट शुरु भएको दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक आई पुग्नु भएका उहाँले एमाले र एमालेका अध्यक्षसंग पूर्वग्राही ढंगबाट विकासको रकम कटौती गरिएको बताउनुभयो ।
लोकतान्त्रिक धिमाल संघद्वारा संयोजन गरिएको भेटघाट कार्यक्रममा उहाँले धिमाल समुदायका संग्रालय, ग्रामथान लगायतको विकासका लागि एमालेले नै प्राथमिकता दिएको पनि बताउनुभयो । धिमाल समुदायको राजनीतिक पहुँच अभिवृद्धीका लागि एमालेले अगुवाई गरेको अध्यक्ष ओलीको भनाई थियो ।









