घर पाएका सुकुमबासीले अध्यक्ष ओलीलाई भने, ‘तपाईले ओत दिनुभयो, हामी न्यानो साथ दिन्छौं’

दमक,४ फागुन २०८२। ७८ वर्षिय टेकबहादुर थापाले जीवनमा कति पटक डेरा सर्नु भयो कुनै हिसाव छैन । आफ्नो जमिन र घर नभएका उहाँ मजदुरी गरेर जीविको पार्जन गर्दै आई रहनु भएको थियो । तर वृद्धावस्थामा प्रवेश गरे पछि भने चुनौती थियो दिगो र न्यानो ओतको । ६ वर्ष अघि उहाँले दमक १ मा सरकारले बनाई दिएको पक्कि घर पाउनु भयो । त्यहि घरमा सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुग्दा उहाँ भाव विभोर हुनु भयो । ओलीलाई भेट्नसाथ उहाँले भन्नुभयो, ‘हामीलाई यस्तो राम्रो ओत दिनु भयो, हामी तपाईलाई सधैं भरि साथ दिनेछौं।’ उहाँ जस्तै यस बस्तिका बासिन्दाहरुले ओलीकै कारण जीवनमा कल्पना पनि नगरेको सुविधायुक्त घर पाएको बताएका थिए ।

 

नमुना बस्तिमा पुग्नु भएका अध्यक्ष ओलीले खुट्टा भाँचिएर ओछ्यान पर्नु भएकी विष्णुकुमारी विकसँग समेत भलाकुसारी गर्नु भयो । त्यस क्रममा उहाँले विकको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
अध्यक्ष ओलीकै परिकल्पनामा दमकका सुकुमबासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि यहाँ एकिकृत नमुना बस्ति बनाईएको हो । यहाँ थापा जस्तै जीवनमा कहिल्यै घर र घडेरी बनाउन नसकेका भुमिहिनहरुको बसोबासको व्यवस्था मिलाईएको छ ।

यहाँ २३ परिवार भुमिहिनले आधारभूत सुविधायुक्त घर पाएका छन् । यो बस्ति निर्माणका लागि अध्यक्ष ओलीकै पहलमा १ करोड ४० लाख रुपैयाँ बजेट पनि प्राप्त भएको थियो । यो बस्ति तत्कालिन प्रधानमन्त्री ओलीलेनै विपन्न वस्तिमा बसोबास गर्नेलाई चावि हस्तान्तरण गरि उद्घाटन गर्नु भएको हो ।
यस बस्तिमा घरमात्र छैनन् । शौचालय, विद्युत, खानेपानी र पक्कि सडकको सुविधा पनि छ । बस्ति भित्र ब्लक विछ्याईएको पक्कि बाटो छ । अहिले त आफ्नै घर पाएका भुमिहिनहरुको मेहनतले बस्ति भित्रको हरियालीले पनि यसलाई मनमोहक बनाएको छ । सुकुमबासीहरुलाई डोजर चलाएर, लखेटेर र अमानवीय व्यभार गरेर बजारबाट धमाउने विकल्प मात्रै छैनन् । सहरबाट गरिव होईन, गरिवी हटाउनु पर्छ भन्ने बुझेकाहरुले यसरी पनि व्यवस्थापन गर्न सक्दा रहेछन् भन्ने उदाहरण दिएको छ, यो बस्तिले ।

अध्यक्ष ओलीको परिकल्पनामा विकास भएको यो बस्ति पछि वडा नं. ७ मा समेत यहि प्रकारको एकिकृत बस्ति बसालिएको छ । अव्यवस्थित र भुमिहिनहरुको दिगो व्यवस्थापनको यो प्रयास नाम मात्रको नमूना होईन, एउटा साच्चिकै अनुकरणीय नमूनानै बनेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।