अदुवा खोला सिँचाई आयोजना अलपत्र

झापा,४ फागुन । झापाको बाह्रदशीमा रहेको अदुवा खोला सिँचाई आयोजना अघिल्लो समितिको अस्पष्ट आर्थिक हिसाबका कारण अलपत्र परेको छ । बिर्तामोड–१० र बाह्रदशी–५ मा फैलिएको यो आयोजना क्षेत्रकै ठुलो सिँचाई परियोजना हो । आयोजनाका वर्तमान अध्यक्ष मानप्रसाद संग्रौलाका अनुसार अघिल्लो समितिले स्पष्ट हिसाब नबुझाएपछि संस्था नविकरण हुन सकेको छैन । नविकरण नहुँदा प्रदेश र संघीय सरकारबाट आउने बजेटसमेत रोकिएको छ । यसले ८ सय विघाभन्दा बढी जमिनमा सिँचाइ हुने किसान प्रत्यक्ष प्रभावित भएका छन् ।

 

संग्रौलाले अघिल्लो समितिमाथि ठुलो आर्थिक चलखेल भएको मुद्दा अख्तियारमा विचाराधीन रहेको जानकारी दिनु भयो । २०८१ पुस ८ गते कार्यभार सम्हालेको केही दिनमै अख्तियारबाट पत्र आएपछि आफू चकित भएको उहाँले बताउनु भयो ।

 

अघिल्लो समितिमा अध्यक्ष दिनेश थापा, सचिव प्रकाश पाठक र कोषाध्यक्ष लोकबहादुर ओली रहनु भएको छ । बैंक स्टेटमेन्टअनुसार अध्यक्ष थापाको नाममा साढे ४ लाख, सचिव पाठकको नाममा ५ लाख र कोषाध्यक्ष ओलीको नाममा २ लाखभन्दा बढी रुपैयाँ निकालिएको देखिन्छ । तर सो कारोबार अघिल्लो समितिले बुझाएको हिसाबमा उल्लेख छैन ।

 

धरौटी खाताबाट रकम निकालेर पुनः जम्मा गरिएको विषय हिसाबमा नदेखिँदा अहिले लेखापरीक्षणमा समस्या आएको संग्रौलाको भनाइ छ । यसै कारण संस्था नविकरण र नयाँ बजेटको बाटो बन्द भएको उहाँले बताउनु भयो ।

यता पूर्वअध्यक्ष थापाले प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै सहमति भए नविकरणमा सहजीकरण गर्ने बताउनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।