अनुसन्धान जारी

बिर्तामोड प्रहरीबाट लुटिएको पेस्तोल र गोलीसहित दुई जना पक्राउ

बिर्तामोड, फागुन४। जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको हतियार र ठुलो परिमाणमा गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ।

 

लागूऔषध लुकाएको भन्ने विशेष सूचनाका आधारमा झापाको कनकाई नगरपालिका–८ मा गरिएको छापाका क्रममा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ। हिजो दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ र लागूऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले स्थानीय तुलबहादुर थापा मगरको घरमा खानतलासी गरेको थियो।

 

सो क्रममा उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घर पछाडिको कुखुराको खोरमा प्लाष्टिकको ड्रमभित्र लुकाएर राखेको अवस्थामा ९ एमएमको पेस्तोल, एक थान म्याग्जिन र ४० राउण्ड गोली बरामद भएको प्रहरीले बताएको छ। अनुसन्धानका क्रममा हतियार र गोली भदौ २४ को आन्दोलनका बेला बिर्तामोड प्रहरी कार्यालयबाटै लुटिएको पुष्टि भएको छ। प्रहरीका अनुसार कनकाई–८ निवासी ३२ वर्षीय सूर्य राजवंशीले सो हतियार लुटेर सौगातलाई राख्न दिएका थिए।

घटनामा संलग्न राजवंशी र फरार रहेका मगर दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा