काठमाडौँको फोहोर र सुकुम्बासी मुद्दामा अन्तर्राष्ट्रिय चलखेल भएको बालेनको दाबी

दमक,४ फागुन।राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोर व्यवस्थापन र सुकुम्बासी समस्या समाधानमा ठूलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गर्नु भएको छ।
सोमबार बिहान झापा ५ का मतदातासँगको संवादमा, काठमाडौँ महानगरपालिकाका पुर्वमेयर समेत रहनु भएका बालेनले महानगरको राजनीतिमा बाह्य शक्तिहरूको अदृश्य दबाब निरन्तर रहने गरेको बताउनु भयो। उहाँका अनुसार काठमाडौँ महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुजत्तिकै चुनौतीपूर्ण अनुभव हो।

सुकुम्बासी व्यवस्थापनका क्रममा आफूले ठूलो दबाब र अवरोध झेल्नुपरेको उल्लेख गर्दै बालेनले काठमाडौँका सुकुम्बासी बस्तीमा बस्ने धेरै मानिस वास्तविक सुकुम्बासी नभई राजनीतिक दलद्वारा संरक्षित रहेको जिकिर गर्नु भएको छ। उहाँले सुकुम्बासीलाई लालपुर्जा दिलाउन भूमि आयोगसँग सम्झौता भइसके पनि राजनीतिक अस्थिरताका कारण काम कार्यान्वयन हुन नसकेको बताउनु भयो।

खोला किनारमा बस्नु जोखिमपूर्ण भएकाले सुकुम्बासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवास र खानपानको व्यवस्था गर्ने योजना रहेको बालेनको भनाइ छ। आफूले सुरु गरेका सुधारलाई राष्ट्रिय स्तरमा लैजान प्रतिनिधिसभा चुनाव लडेको उहाँले स्पष्ट पार्नु भयो।उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डाहरू सुनाउन थालेपछि झापा ५ को चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।
मधेस र बागमती प्रदेशको भ्रमण सकेर निर्वाचन क्षेत्र फर्किनु भएको बालेनले झापा ५ मा घरदैलो अभियान तीव्र बनाउनु भएको छ्, जससँगै यहाँको चुनावी प्रतिस्पर्धा थप चर्किँदै गएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।