दमक अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण

दमक ,४ फागुन, २०८२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार दमक १ मा रहेको दमक अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु भएको छ । विभिन्न टोलमा रहेका नागरिकहरुसँग भेट गर्ने क्रममा ओली सो अस्पतालमा पुगि आफ्नो स्वास्थ्य परीक्षण गराउनु भएको हो । अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डा. कृष्ण शाहले ओलीको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । परीक्षणका क्रममा ओलीको स्वास्थ्य सामान्य पाईएको थियो ।

ओली प्रधानमन्त्री भएको समयमा उहाँलै पहलमा जिल्ला अस्पताल सरह हुने गरि सो अस्पताल स्तरीकरण भएको हो । कोरोनाको समयमा यस अस्पतालले आँफै अक्सिजन उत्पादन, अलग्गै क्वारेन्टाईन सञ्चालन लगायतका सेवा प्रवाह गरेको थियो । यो अस्पताल झापाका विभिन्न गाउँपालिका तथा मोरङ, ईलाम तथा पाँचथरका सर्वसाधारणको प्रमुख स्वास्थ्य केन्द्रको रुपमा विकास भएको छ । यस अस्पतालबाट यि क्षेत्रका सयौं बिरामीले सेवा लिने गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।