दमक, ५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री के.पी. शर्मा ओली आज झापाको दमक नगरपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहुने भएको छ।
निर्वाचन लक्ष्यित कार्यक्रममा अध्यक्ष ओलीले आज दिनभर दमकका विभिन्न वडामा स्थानीय नागरिकसँग भेटघाट र संवाद गर्नुहुने छ।
कार्यक्रमअनुसार बिहान साढे ११ बजे देखि १२ बजेसम्म वडा नम्बर ३ को दुम्से चोक टुकुरेमा उहाँ सहभागी हुनुहुने छ।त्यसपछि १२ः२० देखि १ बजेसम्म वडा नम्बर ८ को संगम चोक, कृष्ण मन्दिर नजिक धनपति मैनालीको घरमा कार्यक्रम तय गरिएको निर्वाचन परिचालन समिति अन्तरगतको मिडिया परिचालन उप समिती संयोजक इन्द्र भण्डारीले जानकारी दिनु भयो । उहाका अनुसार दिउँसो १ः२० देखि २ बजेसम्म वडा नम्बर १० को सूर्य चोकमा उपस्थित हुनुहुनेछ।
झापा क्षेत्र नं ५का प्रतिनिधीसभा उम्मेदवार समेत रहनु भएका ओली जनतालाई भेट्ने , भलाकुसारी गर्ने र जनताका गुनासा, समस्या र प्रश्न सुन्ने काममा व्यस्त हुनुहुन्छ । चुनाव फागुन २१ गते हुदै छ ।









