अध्यक्ष ओलीलाई मतदाताले भने, ‘देशमा शत्रु लागे’

दमक,५ फागुन, २०८२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो गृह क्षेत्रमा पर्ने दमक नगरपालिका वडा नं. ३ को चर्चित ‘भ्युटावर’ को नाममा चिनिने विजनेस कमप्लेक्स भएको टोलमा पुग्नु भयो । त्यहाँ पुग्दा पूर्वप्रधानमन्त्री स्थानीयबासीले भव्य रुपमा स्वागत मात्र गरेनन्, मनमा उकुस मुकुस भएका भावनाहरु पोखे । स्थानीय बिष्णुकान्त न्यौपानेले भ्युटावर तर्फ देखाउँदै भन्नुभयो,‘हाम्रा आँखै अघि रातभरि झललल बल्ने यस्तो भव्य धरहरा जस्तो भ्युटावर थियो, यसलाई हुलहुज्जत गरेर तोडफोड गरे, जलाए । अहिले त गाउँनै अन्धकार जस्तो भएको छ ।’

उहाँसँग रहनु भएकी सरस्वता न्यौपानेले थप्नुभयो, ‘यो देशमा शत्रु लागे हजुर, यस्तो राम्रो भवन जलाई दिए । उता काठमाडौमा पनि उसै गरे । किन यस्तो भएको हाम्रो देशमा ?’ उहाँहरुको आक्रोश, गुनासो र भावनाले अध्यक्ष ओलीलाई पनि गम्भिर बनायो । अन्य स्थानीयबासीहरुले पनि कम्प्लेक्स सर्वसाधारणका लागि खुल्ला भएसँगै स्थानीय स्तरमा व्यवसायीक र आर्थिक चहल पहल बढेको बताए । तर छोटो समयमा नै यसलाई तोडफोड र आगजनी गरिए पछि खुल्दै गरेका आम्दानीका श्रोतहरु पनि बन्द भएको प्रति उनीहरुको चिन्ता थियो ।

दमक ३ का बासिन्दाले सो विजनेस कम्प्लेक्सलाई पुनः मर्मत गरि सञ्चालनमा ल्याउन जरुरी रहेको बताएका थिए ।
अध्यक्ष ओलीले सोमबार समेत दमकका विभिन्न वडा र टोलका मतदाताहरुसँग भेटघाट गर्नु भएको थियो । आज (मंगलबार) समेत उहाँ दमकका विभिन्न स्थानमा हुने भेटघाट र छलफलमा व्यस्त रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।