अध्यक्ष ओलीद्वारा ईन्द्रेणी तालमा मोटरबोट सयर

दमक, ५ फागुन, २०८२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गर्नु भएको छ । आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुग्नु भएको हो । त्यस क्रममा उहाँले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गर्नु भएको हो । त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट् गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन कृयाशिल हुने बताएका थिए ।

दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघि देखि सो मोटरबोट सञ्चालनमा आएको हो । सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिम तर्फ मोरङको उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ । ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन् । दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ