ओली र बालेन शाह प्रतिष्पर्धी झापा ५ अति संवेदनशील

१९ मतदानस्थल र ७० मतदानकेन्द्र उच्च सुरक्षा निगरानीमा

झापा, ६ फागुन । एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह प्रतिष्पर्धी रहेको झापा ५ मा सबैभन्दा बढी मतदानकेन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको आयोगले जनाएको छ ।

 

झापामा जम्मा २८५ वटा मतदान स्थल र ८१५ वटा मतदानकेन्द्रहरु तोकिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदातालाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थल र मतदानकेन्द्रको तीन तहमा वर्गीकरण गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अति संवेदनशीलका रुपमा राखिएको बताउनु भयो । जिल्लामा रहेका २८५ मतदान स्थलमध्ये १४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उहाँले जानकारी दिनु भयो ।

 

जिल्लाका २८५ मतदानस्थल र ८१५ वटा मतदानकेन्द्रमध्ये ९५ वटा मतदानस्थल र २८६ वटा मतदानकेन्द्र अति संवेदनशील रहेका छन् । झापा क्षेत्र नं १ मा १६ वटा मतदानस्थल र ५४ वटा मतदानकेन्द्र , क्षेत्र नं २ मा १६ वटा मतदानस्थल र ५५ वटा मतदानकेन्द्र , क्षेत्र नं ३ मा १९ वटा मतदानस्थल र ४० वटा मतदानकेन्द्र , क्षेत्र नं ४ मा २५ वटा मतदानस्थल र ६७ वटा मतदानकेन्द्र तथा क्षेत्र नं ५ मा सबैभन्दा बढी १९ वटा मतदानस्थल र ७० वटा मतदानकेन्द्र अति संवेदनशील रहेको सुरक्षा स्रोतले बताएको छ । झापा ५ को दमकमा ९ वटा , गौरादहमा ३ वटा , कमलमा ७ वटा र गौरीगंजमा एउटा मतदानस्थल अति संवेदनशील रहेका आयोगले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।