प्रतिनिधिसभा निर्वाचन

झापा–२ मा एमाले उम्मेदवार देवराज घिमिरेको घरदैलो तीव्र

अर्जुनधारामा विकासका माग केन्द्रमा

बिर्तामोड,६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरुलाई समय दिएको हो ।

 

झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बन्नु भएका देवराज घिमिरेले आज बुधबार बिहान अर्जुनधारा वडा नं. ११ का विभिन्न चोक, टोलहरुमा घरदैलो गर्नु भएको छ। एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक एकराज कार्की सहितको टोलीले वडा नं. ११ को नारायण चोक, सेवारो टोल, गिरीबन्धु बगान क्षेत्र, स्टाफ चोकमा मत माग्दै जनताका सूझाव समेत संकलन गरेको जनाएको छ ।

 

उम्मेदवार घिमिरेले बाँकी कामहरु पुरा गर्न साथ दिनुहोस् भन्दै मतदातालाई आग्रह गर्नु भएको छ। घरदैलोका क्रममा उम्मेदवार घिमिरेलाई स्थानीयबासीले बाटो निर्माणको कामलाई प्राथमिकता दिन आग्रह गरेका छन् । नयाँ खोलिएका बाटोमा ग्राभेल, ग्राभेल बाटोमा कालोपत्रे र विजुलीको पोल व्यवस्थापन गरिदिन स्थानीयको माग रहेको छ ।

घरदैलो कार्यक्रममा सरसफाई अभियान्ता गणेश ढुङगानाले अनाथ आश्रम निर्माणका लागि सहयोग गर्न अनुरोध गर्नु भएको छ । आफुले फोहोर संकलनबाट आएको रकमले जग्गा खरिद गरेर अघि बढेको बताउदै उहाँले आश्रम निर्माणका लागि आग्रह गर्नु भएको छ् । उहाँले विजयको शुभकामना दिदै उम्मेदवारहरुलाई फुलमाला लगाइदिनु भएको छ् ।

 

यस्तै, सो क्षेत्रका बासिन्दाहरुले स्टाफ चोकदेखि लाहुरे टोल जाने बाटो कालोपत्रेको काम अघि बढाइदिन माग गरेका थिए । उक्त बाटो निर्माणको आवश्यक प्रक्रिया अघि बढिसकेको स्थानीय अंगत धिमालले जानकारी दिए । कालोपत्रेको कामलाई जनताको चाहना बमोजिम छिटो गरिदिन आग्रह गरे ।

वडा नं. ११ का विष्णु मगरले घर अगाडिको बाटो निर्माण गरिदिन उम्मेदवारसँग आग्रह गरेका छन् । उनले हिले खोलासँगै रहेको बाटो निर्माण गर्नुका साथै विकासका कामहरुलाई प्राथमिकता दिन सूझाव दिएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।