झापा,७ फागुन । आज एका विहानै जंगली हात्तीको आक्रमणबाट बाह्रदशीमा एक महिला गंभीर घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान ५ बजेर ४५ मिनेट तिर बाह्रदशी १ बोक्राझारी बस्ने लखन लाल राजवंशीकी श्रीमती ५० वर्षीया लिला राजवंशीले आफ्नो बनाउँदै गरेको पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बाबाट एउटा जंगली हात्ती आई अचानक आक्रमण गरेको थियो ।
लिलालाई आक्रमण गरी शरीरको विभिन्न भागमा चोट पु¥याइ गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरीले बताएको छ ।









