प्रतिनिधिसभा निर्वाचन

प्रमुख र साना दलद्वारा निर्वाचन घोषणापत्र सार्वजनिक

विगतमा नारा मात्रै सीमित भएको आलोचनाबीच यसपटक ऊर्जा नीतिमा दलहरूबीच उल्लेखनीय समानता

झापा,८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख तथा साना राजनीतिक दलहरूले आ–आफ्ना निर्वाचन घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा अर्थतन्त्र, स्वास्थ्य, शिक्षा, रोजगारीसँगै ऊर्जा र जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ।
विगतमा लोकप्रिय नारा समेटिएका घोषणापत्र कार्यान्वयन नहुने आलोचना भए पनि यस पटक भने ऊर्जा क्षेत्रमा दलहरूबीच उल्लेखनीय समानता देखिएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले ऊर्जा विकासलाई आर्थिक समृद्धिको मुख्य आधार मानेका छन्।

दलहरूले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ऊर्जा मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई स्वीकार गरेका छन्। कांग्रेस, एमाले र रास्वपाले पाँच वर्षमा जडित क्षमता १४ हजार मेगावाट र प्रतिव्यक्ति खपत ७५० युनिट पु¥याउने लक्ष्य लिएका छन्। विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता, ‘टेक अर पे’ सिद्धान्तमा पीपीए, जलाशय युक्त आयोजना र अन्तर्देशीय प्रसारण लाइन निर्माणमा पनि दलहरू एकमत देखिन्छन्।

 

आन्तरिक खपत बढाउने, विद्युतीय चुल्हो र सवारी साधन प्रवद्र्धन गर्ने विषय घोषणापत्रका मुख्य आकर्षण हुन्। यसरी फागुन २१ को निर्वाचनलाई लक्षित घोषणापत्रले जलविद्युत् र स्वच्छ ऊर्जामै नेपालको आर्थिक भविष्य निर्भर छ भन्नेमा बलियो राष्ट्रिय सहमति देखाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ