झापा, ९ फागुन । झापा ५ मा उम्मेदवार बन्नु भएका अध्यक्ष केपी शर्मा ओलीको चुनाव प्रचार प्रसारमा हिडेका एमाले कार्यकर्ताहरुको घरदैलो कार्यक्रममा अवरोध भएको प्रहरीले जनाएको छ ।
हिजो शुक्रबार दिउँसो अन्दाजी १२;३० बजे कमल गाउँपालिका ५ सिम्लेमा नेकपा एमाले वडा न.५ का वडा अध्यक्ष खगेन्द्र तिवारीको नेतृत्वमा अन्दाजी २५ देखी ३० जनाको उपस्थितिमा चुनावी प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम भइरहँदा अवरोध भएको हो । इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ५० वर्षीय अर्जुन लावतीले मादक पदार्थ सेवन गरी दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक यज्ञबहादुर श्रेष्ठको कमाण्डमा टोली खटिएर लावतीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।









