झापा,९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापामा दल परिवर्तनको क्रम तीव्र बनेको छ। यसक्रममा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ। गौरीगञ्ज गाउँपालिकाका निवर्तमान उपाध्यक्ष दिपेन्द्र थापाले नेपाली कांग्रेस परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्नु भएको छ। सामाजिक सञ्जाल मार्फत सार्वजनिक धारणा राख्दै थापाले पार्टीको साधारण सदस्य समेत नरहने घोषणा गर्नु भएको छ्। उहाँले आगामी निर्वाचनमा रास्वपाका उम्मेदवार बालेन्द्र शाह लाई मतदान गर्ने बताउनु भएको छ्।
यस प्रवेशले कांग्रेस र एमाले दुवैलाई धक्का पुगेको र गौरीगञ्ज क्षेत्रमा रास्वपाले उल्लेख्य मत पाउने आँकलन गरिएको छ। त्यस्तै, लामो समयदेखि झापा गाउँपालिकामा नेपाली कांग्रेस मा सक्रिय ठमनाथ नेपाल, सन्तोष नामले चिनिने, पनि रास्वपामा प्रवेश गर्नु भएको छ्। हिजो कनकाई नगरपालिकामा आयोजित झापा–४ को चुनावी वाचापत्र सार्वजनिक कार्यक्रममा उहाँले औपचारिक सदस्यता ग्रहण गर्नु भएको हो।
नेपाल झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष समेत हुनुन्छ्। उहाँसँगै अगुवा नेता हरि दुलाल पनि रास्वपामा प्रवेश गर्नु भएको छ्। प्रभावशाली स्थानीय व्यक्तिहरूको प्रवेशले झापा–४ को राजनीतिक समीकरण थप रोचक बन्ने देखिएको छ।









