सुत्केरीलाई २० भत्ता दिने चुनावी घोषणापत्रको झापा ५ का महिलाले गरे स्वागत

दमक, ९ फागुन । चुनावको मिती नजिकीदैजादा राजनैतिक दलहरु अहिले आ–आफ्नो घोषणापत्रका साथमा मत मागीरहेका छन् ।
स्थानीय प्रतिवद्धता देखी लिएर राष्ट्रिय एजेण्डा सहित दलहरुले घोषणा पत्र सार्वजनिक गरे । घोषित घोषणापत्रमा महिलाका कस्ता मुद्धा समेटिएका छन् र झापा ५ का महिलाहरुको तिनबारेमा कस्तो प्रतिकृया दिएका छन् ?

 

दमककी सुवेच्छा अधिकारी । दमक बजारमा सानो कपडा पसल गर्नु हुन्छ । उमेरले बर्खर डेढकोरी पुग्नु भएकी उहाँ आफ्नै देशमा उद्यम गरौ भन्ने सोचका साथ काम गरिरहनु भएको छ । सानो पुजिबाट सुरु गर्नु भएको व्यापारलाई उहाँले बिस्तार गर्ने योजना त बनाउनु भएको छ तर उहाँसग पुजिको अभाव छ । घर परिवारले पनि धेरै लगानी गर्न बिस्वास गर्दैन । काम गर्न सक्ने इच्छाशक्तिले भरिनु भएकी अधिकारी आगामी निर्वाचन र निर्वाचन पछि बन्ने सरकार शशक्त र महिलामैत्री बन्नु पर्छ भन्ने कुरामा निश्चिन्त हुनुहुन्छ ।

त्यसैले उहाँ चुपचाप हैन, सुझ बुझका साथ , सबैको घोषणा पत्र हेरेर र कार्यान्वायनको सुनिश्चितता खोजेर मात्रै मतदान गर्ने योजनामा हुनुहुन्छ । उहाँ भन्नु हुन्छ अहिले घोषित घोषणा पत्रमा महिलाहरुलाई उद्यमी बन्न बिना शहुलियत र बिना धितो २० लाख रुपैँया सम्म लगानी गर्ने घोषणाले हौसाला बढाएको छ । यो कार्यान्वायनमा आउने हो भने विदेश जाने हैन, आफ्नै देशमा संम्भावना खोज गर्नेहरु बढ्ने छन् र यूवा यूवा तथा महिलाहरु आत्मनिर्भर बन्ने छन् । ’

 

यस्तै दमक २ कि माया कोईरालालाई मन परेको कुरा चाहि सुत्केरीलाई दिने २० हजार रुपैँया बराबरको पोषण भत्ता । महिलाको पीडाको औषधी बनेर यो कार्यक्रम कार्यन्वायन होस भन्ने उहाँको चाहना छ । र आगामी निर्वाचनमा यस्ता माग पुरा गर्ने नेतृत्वहलाईलाई मतदान गरि सरकारको नेतृत्वमा पुर्याउन समेत उहाँ अपील गर्नु हुन्छ ।

 

उसो त आमाहरु प्नि घोषणापत्र मार्फत उत्साहीत हुनु भएको छ । यूवा तथा महिला लक्षीत कार्यक्रमले आफ्ना छोराछोरीले नेपालमै भविष्य बनाउन सक्ने र विदेश जादा पनि सिप सहित जादा सुरक्षीत हुने विस्वास .. चन्द्रकला बजगाईको छ ।

 

महिलाहरुको न्यास सहित सामाजीक सम्मान, महिला शशक्तीकरणकालागि उद्यमशीलता कार्यक्रम, महिलाहरुलाई अग्रगामी रुपमा अघी बढाउने कार्यक्रम राख्न र गर्न सक्ने गरीको उम्मेदवार छनौट गर्न झापा ५ का महिलाहरु एकजुट भएको पनि बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।