दमक,१० फागुन २०८२। एमाले अध्यक्ष ओलीले निर्वाचनमा पराजय भोग्ने देखे पछि केहि तत्व समाज भाँड्न लागि परेको टिप्पणी गर्नुभयो । रास्वपा तर्फ लक्षित गर्दै उहाँले रौतहटको पछिल्लो घट्ना पनि यसैको उपज रहेको बताउनुभयो । चुनाव भाँड्ने, समुदायमा विद्वोङस फैल्याउने, अराजकता निम्त्याउनेहरु सक्रिय हुँदै गएको भन्दै उहाँले यस्ता कुराहरु नेपाली समाजका लागि पाच्य नहुने बताउनुभयो ।
एमाले सधै जनताको विचमा रहेको, जनताकै विचमा हुर्किएको पार्टी भएकाले जनताका विचमा जान कुनै समस्या नरहेको अध्यक्ष ओलीले बताउनु भयो । तर जनताबाट अस्विकृत हुने देखिए पछि त्यस्ता तत्व समाजमा साम्प्रदायीकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता विषय तर्फ लागेको उहाँको भनाई छ ।
आसन्न प्रतिनिधी सभाको निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका ओली हाल आफ्नै निर्वाचन क्षेत्रमा व्यस्त रहनु भएको छ ।









