राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

दमक, १० फागुन, २०८२। राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूती’ को आईतबार दमकमा लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहनु भएकी शाक्यले लेख्नु भएका जीवनका अनुभवहरु समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमका विच लोकार्पण गरिएको हो । एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभयो । कृति पाणिनी प्रकाशनले बजारमा ल्याएको हो ।

त्यस अवसरमा आईतबारनै एमाले अध्यक्ष ओली र शाक्य विचको बैवाहिक वर्षगाँठ समेत परेकाले पाणिनी प्रकाशनले उहाँहरुलाई अभिनन्दन समेत गरिएको थियो । कार्यक्रममा शाक्यले आफ्नो वैवाहिक जीवनका विभिन्न रोचक र भावुक क्षणहरु समेत सुनाउनु भएको थियो ।

‘पहिलो पटक रातो साडीमा’

१४ वर्ष जेल जीवन विताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग आफुले कुनै अपेक्षा समेत नराखि विवाह गरेको उहाँले सु्नाउनुभयो । उहाँले भन्नुभयो, ‘केपी ओली सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्रीनै बन्नुहोला भन्ने केहि सोचेको थिईँन, केवल उहाँसँग भावनात्मक रुपमा एक भएकाले विवाह गरेको हुँ ।’ त्यस क्रममा उहाँले २०४४ साल फागुन १० गते विवाह पछि सयौं पटक झापा र दमक आए पनि यस वर्षको क्षण विशेष लागेको उल्लेख गर्नुभयो । ‘आजको दिनलाई खास उत्सवको रुपमा मनाउने हाम्रो चलन पनि थिएन, गत वर्ष देखि मात्र साथीहरुले शुरु गरि दिनुभएको हो’ उहाँले भन्नुभयो, ‘यस वर्ष त कस्तो संयोग पर्यो भने, झापामा नै रहेका बेला वर्षगाँठ पर्यो । त्यसैले पहिलो पटक नयाँ रातो साडी लगाएर यहाँ उपस्थित भएको छु ।’

 

केपी ओलीले मन्त्री वा प्रधानमन्त्री बनेर अकुत सम्पत्ती कमायो भन्नेहरुले आरोप लगाए पछि आफुहरुसँग कुनै निजी सम्पत्ती नरहेको भन्दै उहाँले आफुहरुको वास्तविकता कस्तो छ नजिक हुनेहरुलाई मात्र थाह भएको समेत प्रष्ट पार्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्

केरुङ बन्दरगाह जोड्ने क्षतिग्रस्त राजमार्ग खुलाउने प्रयास तीव्र

एजेन्सी,१६ भदौ । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्र स्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाह तर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास

रसुवागढी र तातोपानी अवरुद्ध भए पछि कोरला नाकामा बढ्यो व्यापारिक चाप

मुस्ताङ,१६ भदौ । रसुवागढी–केरुङ र तातोपानी नाका बाढीका कारण प्रभावित भएपछि चीनबाट नेपाल भित्रिने मालसामानको वैकल्पिक मार्गका रूपमा मुस्ताङको कोरला नाका प्रयोग हुन थालेको छ