राजा ज्ञानेन्द्र शाहको सम्बोधनको समर्थन गर्दै निर्वाचन बहिष्कार गरि उम्मेदवारी फिर्ता

राजा ज्ञानेन्द्र शाहको सम्बोधनको समर्थन गर्दै निर्वाचन बहिष्कार गरि उम्मेदवारी फिर्ता लिएको घोषणा ।

प्रेस विज्ञप्ति
मितिः०८–११–२०८२

फागुन २१ गतेको निर्वाचनले मुलुकमा निकास नआउने देखिएको निष्कर्ष निकाल्दै मकवानपुर क्षेत्र नम्बर १ को स्वतन्त्र उम्मेदवार म राकेश कुमार शर्माले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहको सम्बोधनको समर्थन गर्दै फागुन ८ गतेका दिन निर्वाचन बहिष्कार गरि उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु । श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहले फागुन ६ गते राष्ट्रलाई सम्बोधन गर्दै वर्तमान राष्ट्रिय संकट, राजनीतिक अस्थिरता तथा जनअसन्तुष्टिको अवस्थाबारे स्पष्ट संकेत गर्नुभएको छ । उक्त सम्बोधनले देश गम्भीर मोडमा पुगेको तथ्य उजागर गरेको छ ।

यस्तो अवस्थामा राष्ट्रिय सहमति, सर्वदलीय संवाद र व्यापक राजनीतिक समझदारी बिना फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन मुलुकको समस्याको स्थायी समाधान हुन सक्दैन भन्ने मेरो ठोस धारणा रहेको छ । जनभावना, राष्ट्रियहित र दीर्घकालीन स्थिरतालाई बेवास्ता गर्दै गरिने निर्वाचन प्रक्रियाले निर्वाचन पछि मुलुकमा झन द्वन्द्व, विभाजन र अन्योलता बढाउने जोखिम देखिन्छ ।

अतः सर्वपक्षीय सहमति, संवैधानिक स्पष्टता र राष्ट्रिय एकता सुनिश्चित नभएसम्म हुने निर्वाचन प्रक्रियामा मेरो कुनै पनि प्रकारको सहभागिता रहने छैन भन्ने स्पष्ट रूपमा घोषणा गर्दछु । यस निर्णयमार्फत म स्वतन्त्र उम्मेदवार राकेश कुमार शर्माले उक्त निर्वाचन औपचारिक रूपमा बहिष्कार गरि मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदछु । यो कदम शान्तिपूर्ण राजनीतिक असहमति र वैधानिक अभिव्यक्तिको अधिकार अन्तर्गत लिइएको हो ।
धन्यवाद ।

नामःराकेश कुमार शर्मा
मकवानपुर क्षेत्र नम्बर १
ठेगानाःहेटौंडा उपमहानगरपालिका वडा नम्बर–०२
मोबाइल नम्बर र व्हाटसेप नम्बरः९८४८०५५७७६

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।