अरु सबै कुरा पछि, देश पहिला : केपी ओली 

दमक, ११ फागुन । नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार केपी शर्मा ओली ले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनु भएको छ। सोमबार झापामा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै उहाँले एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्नुभयो। ‘एमाले भन्छ—अरू सबै कुरा पछि, देश पहिले,’ उहाँको भनाइ थियो।

 

उहाँले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउनुभयो। ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ उहाँले उल्लेख गर्नुभयो। आन्दोलनको नाममा विगतमा देशमा अराजकता फैलिएको प्रसंग उल्लेख गर्दै उहाँले अब यस्तो अवस्था दोहोरिन नदिने दाबी गर्नुभयो। ‘अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ उहाँले भन्नुभयो।

 

उहाँका अनुसार नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित संरचना हो, जसले विशेष गरी प्रहरी प्रशासनलाई सहयोग गर्नेछ। प्रहरीमाथि आक्रमण हुन नदिने र शान्ति–सुरक्षा कायम राख्न सहकार्य गर्ने उहाँको भनाइ थियो।

 

अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेण्टियर फोर्स छ,’ उहाँले भन्नुभयो, ‘यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ।’

 

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ