उदयपुरगढी–७ मा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते, दुईको अवस्था गम्भीर”

उदयपुर,११ फागुन ।उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा सोमबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ‘ओखलढुंगे’ बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ। दुर्घटना करिब १२ बजेतिर भएको हो। मदन भण्डारी लोकमार्ग अन्तर्गत पर्ने उक्त ओरालो सडक खण्ड पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको छ। गत शनिबार मात्रै सोही स्थानमा ट्रक दुर्घटना भएको थियो।

साँघुरो घुम्ती र तीव्र ओरालोका कारण सवारी साधन नियन्त्रणबाहिर जाने समस्या दोहोरिँदै आएको स्थानीयको भनाइ छ। दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरबाट खटिएको ‘क्विक रेस्पोन्स टिम’ र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो। उनीहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम खालको छ।

ठूलो मानवीय क्षति हुनबाट जोगिएको सुरक्षा निकायले जनाएको छ। प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल नै दुर्घटनाको मुख्य कारण देखिएको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बारम्बार दुर्घटना भइरहेपछि स्थानीयले सडक सुधार, संकेतचिन्ह र सवारी नियन्त्रणमा कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।