रवि लामिछानेको कडा प्रहार : इन्दिरा रानामगर मानव तस्कर होइनन्, हजारौँकी आमा हुन्

विर्तामोड,१२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभामुख इन्दिरा रानामगरको बचाउ गर्दै पुराना राजनीतिक दल र तिनका नेताहरूमाथि कडा प्रहार गर्नु भएको छ । झापाको विर्तामोडमा मंगलबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले इन्दिरा रानामगरलाई मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लाग्ने बताउनु भएको छ ।

 

‘म त्यस्तो मान्छेसँग उभिएको छु, जसका आफ्ना सन्तान छैनन् तर यो देशका सयौँ–हजारौँ बालबालिकाले उहाँलाई आफ्नो आमा मान्छन् । जेल परेका बाबुआमाका छोराछोरीलाई उच्च शिक्षा दिलाएर उज्वल भविष्य बनाइदिने आमा  हुनुन्छ  इन्दिरा राना,’ लामिछानेले भन्नु भयो, ‘यस्तो पवित्र व्यक्तित्वलाई समेत अपमानित गरेर मानव तस्करको आरोप लगाउनेहरूलाई पाप लागेको छ । विश्वले सुनोस्, इन्दिरा राना मगर एउटा गौरवशाली नाम हो ।’

आफ्नो सम्बोधनका क्रममा सभापति लामिछानेले पूर्वसभामुख देवराज घिमिरेलाई संकेत गर्दै गम्भीर प्रश्न उठाउनु भएको छ । ‘मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ ? हामीले संसदमा भिजिट भिसामा नेपाली जनता ठगिएका छन्, छानबिन गरौँ भनेर आवाज उठाउँदा उहाँले माइक काटिदिनुभयो,’ लामिछानेले भन्नु भयो ।

 

उहाँले संसदमा रास्वपाका २१ जना सांसदलाई गलहत्याएर बाहिर निकालिएको घटना स्मरण गर्दै जनताको आवाज दबाउन खोजिएको आरोप लगाउनु भएको छ ।

आफ्नो सांसद पद गुमेको सन्दर्भ जोड्दै लामिछानेले भन्नु भयो, ‘संसद नियमावलीले थुनामा नरहेको मान्छेको पद निलम्बन हुँदैन भन्छ, तर उहाँलाई बाको आदेश जनताको आदेशभन्दा ठूलो भयो । दुई घण्टामा सूचना टाँसेर मलाई गलहत्याएर संघीय संसदबाट निकालियो, तर जनताको मनबाट निकाल्न सक्नुभएन ।’

 

उहाँले पूर्वसभामुखलाई निर्वाचित गर्दा र उहाँका पक्षमा शब्दहरू बोल्दा आफ्नै हस्ताक्षर प्रयोग भएकोमा अहिले आत्मालोचित हुन चाहेको पनि बताउनु भयो । ‘म यही धर्तीमा उभिएर खेद प्रकट गर्न चाहन्छु कि मैले कुनै दलको रबर स्ट्याम्पलाई सभामुख बनाउने काममा सहभागी भएँ,’ उहाँले भन्नु भयो।

लामिछानेले आसन्न निर्वाचनमा इन्दिरा रानामगर र रास्वपाको पक्षमा उभिन झापाका मतदातालाई आग्रह ग । ‘म गर्वका साथ इन्दिरा रानामगरको पक्षमा खडा भएको छु । उहाँ हजारौँको आमा हो, उहाँको निष्ठामाथि प्रश्न उठाउनेहरूलाई जनताले यसैपालि जवाफ दिनुपर्छ,’ लामिछानेले भन्नु भयो । विर्तामोडको सो सभामा रास्वपाका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।