झापा र सुनसरी राजनीतिक दौडाहामा रवि लामिछाने

झापा,१२ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मङगलबार झापा र सुनसरीको अत्यन्तै व्यस्त राजनीतिक दौडाहामा रहनु भएको छ्। जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम लिएर लामिछानेले आजै झापाका विभिन्न ६ वटा स्थानमा आयोजना हुने कार्यक्रमहरूलाई भ्याउनु भएको छ ।

 

बिहानै ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढी (महेन्द्र पार्क दक्षिण क्षेत्र) बाट सुरु भएको उहाँको अभिवादन यात्राले जिल्लाका मुख्य व्यापारिक केन्द्र र चोकहरूलाई समेटेको छ। उहाँले बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, तथा ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्नु भएको छ ।

त्यसैगरी, बिहान १०ः२० मा सुरुङ्गा, दुधे र झिलझिले हुँदै ११ः१० बजे दमक पुग्ने कार्यक्रम भएपनि केही अबेर भएको छ । अहिले उहाँ दमकमा आयोजित कार्यक्रममा हुनुन्छ । झापाका यी आधा दर्जन कार्यक्रमहरूमा लामिछानेलाई स्वागत गर्न स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।

झापाका कार्यक्रमहरू सकाएलगत्तै सभापति लामिछाने सुनसरीको इटहरी आउनु हने छ् । इटहरीमा आयोजना हुने कोशी प्रदेश लक्षित सभामा लामिछानेका साथै पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

रवि लामिछाने र बालेन शाह एउटै मञ्चमा देखिने भएपछि इटहरीको सुरक्षा व्यवस्था र जन सहभागितालाई लिएर स्थानीय प्रशासनले समेत विशेष तयारी गरेको जनाएको छ। रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित कार्यक्रम गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।