झापा ५ ले इतिहास लेख्छ

बालेन्द्र शाहलाई जिताए देशलाई न्याय गर्छ: रवि लामिछाने 

दमक,१२ फागुन । चुनावमा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, नागरिक समाज, विद्यालय, शिक्षक तथा अभिभावकलाई राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले विज्ञप्ति निकाल्दै चुनाबलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई धैर्य र संयमता अपनाउन आह्वान गर्नुभएको छ ।

 

साथै शान्तिसुरक्षामा असर पार्ने गतिविधि बन्द गर्न, बालबालिकाको प्रयोग नगर्नरनगराउन र नागरिकको मानव अधिकारको सम्मान गर्न आयोगले नेपाल सरकारसहित सबै सम्बद्ध पक्षलाई आग्रह गरेको छ । चुनाव नजिकिँदै गर्दा विभिन्न ठाउँमा भइरहेका घटनाले शान्तिसुरक्षा र चुनाबको वातावरणमा असर पार्न सक्ने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

आयोगले देशव्यापी चुनावको अनुगमनलाई तीव्र बनाएको जनाएको छ । पछिल्लोपटक दाङ लगायतका जिल्लामा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच उत्पन्न विवाद तथा रौतहट र पर्सालगायत ठाउँमा समूह–समूहबीच भएका झडपका कारण निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै आयोगले यसले शान्तिसुरक्षा र निर्वाचन प्रक्रियामा थप चुनौती थपिएको जनाएको छ ।

 

आयोगका अनुसार राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताबाट एकअर्काप्रति गरिने अमर्यादित र घृणायुक्त अभिव्यक्तिले निर्वाचन वातावरणलाई अस्वस्थ बनाउन सक्ने खतरा बढेको छ । सामाजिक तथा सांस्कृतिक सद्भाव विथोलिने प्रकारका अभिव्यक्ति र सामग्री प्रकाशन–प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।