दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पार्टी छाडे

दाङ,१२ फागुन ।दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र असन्तुष्टि चुलिँदै जाँदा दिनहुँजसो नेता–कार्यकर्ताले पार्टी परित्याग गर्ने क्रम बढेको छ । मंगलबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमार्फत् रास्वपाका युएई प्रवास नेपाली कमिटीका सचिव बलभद्र ओली, दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीलगायत दर्जनभन्दा बढी नेताहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनीहरूले पछिल्लो समय पार्टीभित्र व्यापक विचलन देखिएको आरोप लगाए । टिकट वितरणदेखि विभिन्न निर्णय प्रक्रियासम्म आर्थिक अपारदर्शिता र मनपरी ढंगले काम भएको भन्दै आफूहरू असन्तुष्ट बनेको बताएका छन् । युएई प्रवासमा स्थापना कालदेखि नै संगठन विस्तारमा सक्रिय रहेको उल्लेख गर्दै बलभद्र ओलीले देश परिवर्तन गर्ने विश्वाससहित नेपाल फर्किए पनि पार्टीभित्र देखिएको अवस्थाले निराश बनाएको बताए । उनले रास्वपाबाट अपेक्षित परिवर्तन सम्भव नदेखिएको दाबी गर्दै आगामी निर्वाचनमा “राम्रो र सक्षम उम्मेदवार” लाई मतदान गर्न मतदातासँग आग्रह गरे ।

 

दाङमा निर्वाचन जनचेतना अभियान सञ्चालन गरी रास्वपाका गलत क्रियाकलापबारे जानकारी गराउने र योग्य उम्मेदवारको पक्षमा वातावरण बनाउन अभियान अघि बढाइने उनको भनाइ छ । त्यस्तै, विजय केसीले पनि स्थापनाकालदेखि दाङ क्षेत्र नम्बर २ मा पार्टी सुदृढीकरणका लागि नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै पछिल्लो समय पार्टीमा “खराब प्रवृत्तिका व्यक्तिहरू हावी” भएको आरोप लगाए । उनले देशभर नै पार्टी छाड्ने क्रम बढिरहेको दाबी गर्दै अझै धेरैले पार्टी परित्याग गर्ने संकेत गरे ।

दाङमा रास्वपाभित्र देखिएको यो पछिल्लो घटनाक्रमले स्थानीय राजनीतिमा नयाँ तरंग ल्याएको छ । आगामी निर्वाचनको सन्दर्भमा यसले कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा