सुहाङको १६ महिना संसदमा : सडक निर्माणदेखि चिया निर्यातसम्म

इलाम,१२ फागुन। इलाम–२ को उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गरेका सुहाङ नेम्बाङले छोटो समयमै आफूलाई परम्परागत राजनीतिभन्दा फरक, जिम्मेवार र युवामैत्री नेताका रूपमा स्थापित गरेका छन् । उपनिर्वाचनताका धेरैका मनमा प्रश्न र शङ्का थिए, के युवा उम्मेदवारले संसद्को जिम्मेवारी बोक्न सक्छ ? के उनी केवल पारिवारिक विरासतका कारण अगाडि आएका हुन ? तर संसद् प्रवेश गरेपछि सुहाङ नेम्बाङका गतिविधि, अभिव्यक्ति र व्यवहारले ती शङ्काहरूलाई क्रमश : विश्वासमा रूपान्तरण गर्यो ।

संसद्लाई नाराबाजीकोे थलोभन्दा नीति निर्माण र जनताको आवाज उठाउने मञ्चका रूपमा बुझ्ने सुहाङ इलामको आवाज संसदमा प्रस्तुत गर्न कहिल्यै पछि हटेनन् । एम्बोस्ड नम्बर प्लेटको विवाद, आन्दोलनका क्रममा भएको गोली प्रहार र अश्रुग्याँस प्रयोग प्रति उनले संसदमा स्पष्ट र जिम्मेवार आवाज उठाए । प्राकृतिक विपद्, समस्या वा सङ्कटका घडीमा उनले औपचारिकता भन्दा मानवीय संवेदनालाई प्राथमिकता दिएका छन् । उनले इलामलाई संकट ग्रस्त जिल्ला घोषण गर्ने देखी बजेट विनियोजनका लागि समेत महत्वपूर्ण भूमीका खेलेका छन ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ मा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत प्राप्त गरी विजयी बन्दा नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा नेकपा माओवादीले नेपाली कङ्ग्रेसलाई सघाएको थियौ भने काँग्रेस भित्र गुटको राजनीति चलेको थियो । सुवासचन्द्र नेम्वाङको निधनपछि उमेद्धार बनेका सुहाङले ०८१ को उप–निर्वाचनमा २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी बन्दा काँग्रेसका उम्मेदवार काँग्रेसका डम्बर खड्काले २१ हजार ९४२ मत ल्याएका थिए । उपनिर्वाचनमा माओवादीले नेकपा एमालेलाई सघाएको थियो भने कोशी नामाकरण आन्दोलन पक्षधरका मुढा चुनाव चिन्हबाट डकेन्द्र थेगिमले ११ हजार ४४५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले पाँच हजार ५० मत प्राप्त गरेका थिए ।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी काँग्रेस गठबन्धनमा हुँदो झिनो मतान्तरले सुवास नेम्बाङले चुनाव जितेका थिए भने उप निर्वाचनमा सुहाङले पाँच हजार ८३० मतले विजयी बनेका थिए । यस पटक माओवादी र समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पाटीले आफ्नै उम्मेदवार बनाएको छ भने नयाँ मतका लागि राष्ट्रिय परिवर्तन पार्टीले दिवस राईलाई मैदानमा उतारेको छ । यसले कसको धेरैमत काट्छ भन्ने आङ्कलन छैन । अहिले श्रम संस्कृति पार्टीले पनि मत काट्दै छ तर उप निर्वाचनमा मुढामा गएको मत अहिले श्रम संस्कृति पाटीमा थपघट हुने देखिन्छ । अन्य उम्मेद्धारले पनि कति मत काट्ने हुन टुङ्गो छैन जसको कारण निर्वाचन भने निकै प्रतिस्पर्धात्मक देखिएको छ । उप निर्वाचनमा अन्य १५ जना उम्मेद्धारले दुई हजार २२० मत ल्याएका थिए । ०७९ को निर्वाचनमा एमालेले प्रत्यक्षमा ल्याएको ३० हजार २० मत र ०८१ को उप–निर्वाचनमा २७ हजार ७७२ मत हेर्दा माओवादी र एमाले गठबन्धन हुँदा भन्दा ०७९ मा एमाले एक्लै चुनाव लड्दा बढी मत आएको देखिन्छ । अहिले कुनै दलहरूको गठबन्धन नहुँदा कसको पल्ला भारी हुन्छ भन्ने आंकल गर्न सकिँदैन । यता २०४८ पछिका हरेक निर्वाचनमा इलाम–२ मा दोस्रो बन्दै आएको नेपाली काँग्रेस यस पटक इलाम–२ को चुनावी नतिजा हत्याउने दाउमा छ ।

 

१६ महिना संसदमा सुहाङ

इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको १६ महिनामा सुहाङ नेम्बाङले सङ्घीय संसद्को शून्य समयमा इलामका विषय सशक्त रूपमा उठाएका छन् । प्रतिनिधि सभामा पहिलो पटक भाषण गर्दै इलामबाट निर्वाचित सांसदले आफ्नो व्यक्तिगत यात्रा र भावनालाई उजागर गरे । उनले शहीद रत्नकुमार बान्तवा, बमप्रसाद बान्तवा लगायत परिवर्तन र रूपान्तरणका आन्दोलनमा योगदान दिने ज्ञात–अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । सांसदले विशेष गरी आफ्नो बुबा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको योगदान सम्झँदै, “म यहाँ इलामेली जनताको कारण छु । उनले देखाएको मार्ग मेरो लागि प्रेरणा हो,” भनेका थिए ।
उनले त्यस बेला आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सांसदले सरकारको प्रयासको समर्थन गरे पनि कार्यान्वयनमा देखिएको ढिलाइ र गुणस्तरको कमीप्रति चिन्ता व्यक्त गरेका थिए । उनले विकासमा अवरोधको मुख्य कारण भ्रष्टाचार, संरचनागत कमजोरी, वा राजनीतिक अस्थिरता हो कि भन्ने प्रश्न राखेका थिए । सांसदले युवाहरूको आकाङ्क्षा र परिवर्तनको चाहना प्रस्तुत गर्दै, बजेट र विकास योजनामा गुणस्तरीय, समयमै र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जोड दिएका थिए । उनले संसदमा सबै दल र नेताहरूलाई सहकार्य गर्न आह्वान गरेका थिए ।

संसदमा बोल्दै नेम्बाङले कालोपत्रे र पुल निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सभामुख समक्ष माग गरे । उनले सडक निर्माणका लागि बजेट छुट्टाइए पनि काममा ढिलासुस्ती भइरहेको उल्लेख गर्दै ठेकेदार र जिम्मेवार निकायलाई कामप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । केचना–कञ्चन्जंघा, दमक–चिसापानी, नेपालटार–मङ्गलवारे, राँके–रबी–भेडेटार, राँके–गेडैजस्ता सडक आयोजनालाई उदाहरण दिँदै कामको गति बढाउन आग्रह गरेका थिए ।
इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको निर्यातमा देखिएको समस्याले किसान चिन्तित बनेको उल्लेख गर्दै चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरे । अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्य घट्दा किसान प्रत्यक्ष मारमा परेको भन्दै उचित समाधान खोज्न सरकारलाई आग्रह गरे । शैक्षिक पूर्वाधार सुदृढीकरण, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तार गर्न जोड दिँदै भविष्यका पुस्तालाई प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे । स्वास्थ्यको सन्दर्भमा इलाम जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहेको र अस्पताल भवन जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै दरबन्दी पूर्ति तथा नयाँ भवन निर्माणको लागी सरकारसँग माग गरे । एम्बोस्ड नम्बर प्लेट तत्काल कार्यान्वयन गर्न समस्या हुने भन्दै यसलाई अझै अध्ययन नगरी प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरे ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।