झापामा चुनावी उच्छृंखलता बढ्दो

झण्डा जलाउने देखि पार्टी कार्यालय तोडफोडसम्म

झापा, १४ फागुन । झापामा चुनावी उच्छृंखलता बढेको प्रहरीले जनाएको छ । झापा गाउँपालिकाका ६ शरणामतीमा लगातार एमालेको झण्डा जलाएको घटना सेलाउन नपाउँदै कमलमा राष्ट्रिय झण्डामा आगो लगाइएको छ ।

हिजो कमल गाउँपालिका ६ खयरबारीमा खयरबारी युवा क्लवद्वारा निर्माणाधीन मुक्तिघाट निर्माणस्थलमा रहेको शिलान्यास ब्यानरमा अपरिचित व्यक्तिले आगो लगाइदिएका छन् । सोही ब्यानरको माथि बाँसमा गाडिएको नेपालको झण्डामा समेत आगोको झिल्कोले भेटेको थियो । आगोको झिल्कोले झण्डाको तत्लोपट्टिको केही भाग जलेको प्रहरीले जनाएको छ ।

स्थानीयले हिजो दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय दमकमा जानकारी गराएपछि प्रहरी टोली खटिएर थप अनुसन्धान तथा घटनामा संग्लन आशंकित व्यक्तिहरुको पहिचान तथा खोजी भइरहेको प्रहरीले बताएको छ ।

त्यस्तै दमकमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड भएको प्रहरीले जनाएको छ । दमक ५ स्थित दुई तले पक्की घरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालय जेनजी आन्दोलनमा तोडफोड गरी सम्पूर्ण सीसाहरु फुटाइएको थियो ।

पार्टी कार्यालय तोडफोडपछि तल्लो तलाको उतरपट्टिको एउटा कोठाको झ्यालको सीसा मर्मत गरी सर–सामान राख्ने गरिएकोमा सो कोठाको झ्यालको सीसा अपरिचित व्यक्तिले ढुंगाले हानेर पुनः फुटाइदिएका हुन् । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक नरेशराज मल्लको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।