दमक , १४ फागुन । झापाको दमकबाट लागूऔषधसहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
गएराति १२ः१५ बजे दमक २ स्थित बेलडाँगीमा सशस्त्र प्रहरी बल नेपाल झापा क्षेत्र नं. ५ निर्वाचन सुरक्षा बेशबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा को १ ह ७२५७ को अटोमा चालक दमक ९ चियावारी बस्ने अन्दाजी बर्ष २६ का सोनु पोद्धार र दमक २ बेलडाँगी बस्ने अन्दाजी बर्ष २० की लक्ष्मी लिम्बुलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ।
उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर र ६ वटा डायनोमा ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । आबश्यक अनुसन्धान तथा कार्वाहीको उनीहरुलाई प्रहरी चौकी बाघखोरमा सवारीसहित बुझाइएको प्रहरीले जनाएको छ ।









