झापा–काँकडभिट्टा–लौकही सडकमा पहिलो तहको कालोपत्र सम्पन्न

सहरी क्षेत्रमा ओभरपास र एनिमल अन्डरपास निर्माण हँदै

झापा,१४ फागुन। निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले बताएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिल बाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको पाइएको छ ।

मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको पन्तले जानकारी दिनु भयो । आयोजनाले आगामी असार मसान्त सम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ ।

सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आधुनिक ‘ओभरपास’ निर्माण पनि भइरहेको जनाइएको छ । मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले बताएको छ ।

वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जङ्गली जनावर ओहोरदोहोर गर्न ‘एनिमल अन्डरपास’ पुलसमेत निर्माण भइरहेको छ । यो नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री पूर्वाधार मानिएको हो ।

एसियाली विकास बैंकको रु १० अर्ब सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको हो। निर्माण कम्पनीले सडकमा पर्ने कल्भर्ट र साना पुलको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ ।

मुख्य सहरी क्षेत्रमा अझै पनि करिब ४०० वटा विद्युतका पोल सार्न बाँकी रहँदा काममा केही चुनौती देखिएको हो । आयोजना प्रमुख पन्तले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सारेलगत्तै ती क्षेत्रमा पनि कामले थप गति लिने बताउनु भयो ।

काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर क्षेत्रमा निर्माणाधीन यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुनेछ । सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी काम गरिरहेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ