झापा–५ : प्रचण्डको तामाङलाई स्पष्ट सन्देश – ‘हामी कसैसँग गठबन्धन नगर्ने, ढुक्क भएर चुनाव लड्नुस्’

झापा,१४ फागुन ।झापा क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिष्ट पार्टीले कसैसँग चुनावी तालमेल नगर्ने र पछि नहट्ने स्पष्ट संकेत दिएको छ । सो क्षेत्रका उम्मेदवार रञ्जित तामाङलाई बिहीबार टेलिफोन गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रचारमा ढुक्क भएर लाग्न र जित हासिल गर्ने गरी मैदानमा उत्रन निर्देशन दिनु भएको छ।

केही दिनयता सामाजिक सञ्जाल र राजनीतिक बजारमा झापा–५ मा अन्य दलसँग ‘लेनदेन’ हुन लागेको भन्दै फैलिएको हल्लालाई प्रचण्डले सिधै खारेज गरिदिनु भएको छ् । उम्मेदवार तामाङका अनुसार प्रचण्डले टेलिफोनमा स्पष्ट शब्दमा भन्नु भएको छ, “बाहिर बजारमा के हल्ला छ, त्यतातिर ध्यान नदिनुस् । झापा–५ मा हाम्रो कसैसित अलायन्स (गठबन्धन) हुँदैन र छैन पनि । हामी दृढताका साथ अगाडि बढ्छौँ, तपाईं ढुक्कले चुनाव लड्नुस् ।”

प्रचण्डसँगको संवादपछि उत्साही देखिएका तामाङले पार्टी नेतृत्व चुनावप्रति प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो, “अध्यक्षसँग भर्खरै कुरा भयो । उहाँले कुनै पनि शक्तिसँग चुनावी सम्झौता नभएको र नहुने स्पष्ट पार्दै पार्टी पंक्तिलाई पूर्ण सक्रियताका साथ परिचालन गर्न भन्नुभएको छ ।”

कुराकानीका क्रममा तामाङले झापाको चुनावी वस्तुस्थितिबारे प्रचण्डलाई ब्रिफिङ गर्नु भएको थियो । उहाँले चुनावी माहोल तताउन पूर्वमा, विशेष गरी झापा–५ मा एउटा ठूलो सभा आयोजना गर्न र त्यसमा प्रचण्ड आफैँ सहभागी हुन आग्रह समेत गर्नु भयो । “मैले यहाँको रिपोर्टिङ गराएँ र एउटा विशाल जनसभाको खाँचो रहेको बताएको छु,” तामाङले थप्नु भयो ।

बुधबार काठमाडौंमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले ‘वैदेशिक दलालहरू’लाई परास्त गर्न र संविधान जोगाउन कांग्रेस र एमाल जस्ता पुराना सहयात्रीहरूसँग सहकार्य गर्नुपर्ने धारणा राख्नु भएको थियो । प्रचण्डको सोही भनाइलाई लिएर झापा–५ र दाङ–२ जस्ता क्षेत्रमा कांग्रेस वा एमालेसँग भित्रभित्रै तालमेल हुन लागेको चर्चा सुरु भएको थियो ।

तर, उम्मेदवार तामाङलाई बिहीबार बिहानै फोन गरेर प्रचण्डले ती चर्चा केवल राजनीतिक अड्कलबाजी मात्र भएको पुष्टि गर्नु भएको छ । उहाँले आफ्ना उम्मेदवारलाई ‘ब्याक’ नहुने सन्देश दिँदै चुनावी मोर्चामा कसिलो गरी उभिन बलियो ढाडस दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।