अनुसन्धान जारी

झापामा जेनजी आन्दोलनमा लुटिएको थप १ हतियार फेला

झापा, १५ फागुन ।जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको थप एक थान हतियार फेला परेको प्रहरीले जनाएको छ ।

हिजो साँझ ७ः३० बजे दमक नगरपालिका वडा न. ६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय दमकबाट अन्दाजी २० मिटर उत्तरपूर्वतर्फ रहेको याम्जी श्रेष्ठको खाली जग्गाको झाडीमा काठको भाग पूर्णरुपमा जलेको र हतियारको सम्पुर्ण भागमा खिया लागेको अवस्थामा वाई१३४८७ नम्बरको मार्क ४ राईफल फेला परेको छ।

उक्त हतियार जेनजी आन्दोलनको क्रममा भदौ २४ गते इलका प्रहरी र्कायलय दमकबाट लुटिएको पुष्टि भएको छ । झापामा जेनजी आन्दोलनमा लुटिएका १४ थान हतियार अझै गायव नै रहेको छ ।

भदौ २४ को प्रदर्शनका क्रममा लुटिएका हतियार र भागेका कैदीबन्दी–थुनुवा नियन्त्रण गर्न चारवटै सुरक्षा निकाले विशेष संयन्त्र परिचालन गरेका छ् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्नो संयन्त्रलाई ७७ वटै जिल्लामा तैनाथ गराएको प्रहरीले जनाएको छ ।

करिब ६ महिनाअघिको प्रदर्शनका क्रममा नेपाल प्रहरीका करिब १३ सय हतियार लुटिएका÷हराएका थिए । तीमध्ये अझै ४ सय हतियार फेला परेका छैनन् । प्रहरीका करिब १ लाख राउन्ड गोली पनि अभिलेखबाट हराएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।