एमाले एक्लै चुनावी मैदानमा : अध्यक्ष ओली

दमक, १५ फागुन, २०८२। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताउनु भएको छ । नेकपा एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सवै नागरिकले समेत बुझि सकेको उहाँले जनाउनु भएको छ ।
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहिबार झापाको कमल गाउँपालिकामा केन्द्रित हुनु भएका उहाँले विभिन्न सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताउनु भएको हो ।

उहाँले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्वन्ध तथा विकास र समृद्धीका लागि निर्वाह गरेको भुमिका कारण एमालेनै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताउनुभयो । आसन्न प्रतिनिधी सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका ओली हाल निर्वाचन क्षेत्रका विभिन्न वस्तिमा पुगेर मतदाताहरुसँगको भेटघाटमा व्यस्त रहनु भएको छ ।

यसैक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका ओली बिहिबार झापाको कमल ५ स्थित सिम्लेमा पुग्दा स्थानीयले भुमि सम्वन्धि समस्या समाधान गरि दिन आग्रह गरेका छन् । सडक तथा पुल निर्माण भए पछि जनजीवन सहज भए पनि अझै सम्म अव्यवस्थित बसोबासको समस्या समाधान नभएको स्थानीयले बताए ।
यस्तै उहाँ कमल ३ को सानो केर्खामा पुग्दा स्थानी किरातेश्वर तथा वाल्मिकी आश्रम तथा सिमसारलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि दिन स्थानीयले माग गरेका थिए । यि स्थानहरुको पूर्वाधार विकास गरि धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सकिने स्थानीयको भनाई छ ।
यस्तै उहाँ कमल ५ को झारवारीमा आयोजीत श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा पनि सहभागी हुनु भयो । आगामी प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली केहि दिन यता गृहनिर्वाचन क्षेत्रमा केन्द्रित रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।