अनुसन्धान जारी

सुन्दरहरैँचामा सडक दुर्घटनामा वृद्धको मृत्यु, फरार सवारी खोजी

मोरङ,१५ फागुन ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित ठडिया चोक नजिकै एक जना वृद्ध मृत फेला परेको प्रहरीले जनाएको छ । मृत भेटिनेमा सुन्दरहरैँचा–७ का करिब ६५ वर्षीय लोक बहादुर भुजेल रहेका छन् ।

ठडिया चोकबाट करिब ५ सय मिटर पूर्व सडक किनारमा शुक्रबार बिहान ११ः३० बजेतिर उनको शव फेला परेको प्रहरीले बताएको छ । मृतक भुजेलको दुवै खुट्टामा चोट लागेको र घटनास्थलको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

प्रहरीका अनुसार भुजेल परिवारमा एक्लै बस्दै आएका थिए । उनले प्लास्टिक, बोतल र कागज सङ्कलन गरी कबाडीलाई बेचेर आफ्नो गुजारा चलाउँदै आएका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले घटनाको प्रकृतिले सवारी दुर्घटनाको सङ्केत गरे पनि ठक्कर दिने सवारीसाधनको भने पहिचान हुन नसकेको जानकारी दिनु भयो ।

‘सवारीको ठक्करबाट भुजेलको मृत्यु भएको जस्तो देखिन्छ,’ डीएसपी चौधरीले भन्नु भयो, ‘दुर्घटना गराएर फरार रहेको सवारीसाधनको पहिचानका लागि खोजी कार्य तीव्र पारिएको छ ।’

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा विस्तृत अनुसन्धानपछि मात्रै वास्तविक तथ्य खुल्ने प्रहरीले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।