राष्ट्रिय स्वतन्त्र पार्टी का कोशी प्रदेश समिति सदस्य एमालेमा प्रवेश

रास्वपामा बसेर देश सक्नु भन्दा एमालेमा बसेर देश जोगाउनु उचीत लागेका कारण एमाले प्रवेश गरेको उहाँले बताउनु भयो ।

दमक, १६ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी का कोशी प्रदेश समिति सदस्य ठगेन्द्र प्रसाद नेउपाने नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँलाई केपी शर्मा ओलीले उहाँको अस्थाई निवासमा खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो।

 

चुनाव नजिकिँदै गर्दा उहाँको प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। कोशी प्रदेशमा रास्वपाबाट सक्रिय रूपमा काम गर्दै आउनुभएका नेउपानेको एमाले प्रवेशले स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ।

 

उहाँले पार्टिभित्रको संकास्थापद गतिबिधी देखेर असह्य भएका कारण पार्टि छोडेको प्रतिकृया दिनुभएको छ । रास्वपामा बसेर देश सक्नु भन्दा एमालेमा बसेर देश जोगाउनु उचीत लागेका कारण एमाले प्रवेश गरेको उहाँले बताउनु भयो ।

 

यस घटनालाई आगामी निर्वाचनको सन्दर्भमा महत्वपूर्ण मानिएको छ। राजनीतिक विश्लेषकहरूले यसले मतदातामा समेत प्रभाव पार्न सक्ने टिप्पणी गरेका छन्। यस्तै एक हप्ता अघि मात्रै एमाले छोडेर बालेनलाई सघाउन पुग्नु भएका दमकका बिमल नेपाल पनि एमालेमै फर्कनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।