रास्वपा ‘लगाम बाहिर’

देश सिक्किमीकरणको जोखिममा पुग्ने चेतावनीसहित ठगेन्द्र न्यौपानेद्वारा पार्टी परित्याग

मोरङ,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भ्रष्टाचार निवारण विभाग प्रमुख तथा प्रदेश सदस्य, मोरङ क्षेत्र नम्बर २ का पूर्व उम्मेदवार ठगेन्द्र प्रसाद न्यौपानेले पार्टी परित्याग गर्नु भएको छ । शुक्रबार साँझ औपचारिक रूपमा पार्टी छाडेका उहाँले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रास्वपा ‘सिक्किमीकरण’को दिशातर्फ उन्मुख भएको गम्भीर आरोप लगाउनु भएको छ ।

 

लामो समयदेखि कृषक सशक्तीकरण र ‘माटो फुलाउने’ अभियानमा सक्रिय न्यौपानेले देशको राष्ट्रिय राजनीतिमा बढ्दो संकट देखिएकाले अब माटो जोगाउने आन्दोलनको आवश्यकता महसुस भएको बताउनु भयो । सोही उद्देश्यले आफू राष्ट्रवादी धारमा उभिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) रोजेको उहाँले घोषणा गर्नु भयो ।
पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै उहाँले रवि लामिछाने र बालेन्द्र शाह तर्फ संकेत गर्दै पार्टीका नेतृत्व तह ‘फ्री फायर र पब्जीका सिपाहीजस्ता’ भएको टिप्पणी गर्नु भएको छ । उहाँका अनुसार वर्तमान नेतृत्व राष्ट्र र जनताप्रति जिम्मेवार नभई भावनात्मक र अपरिपक्व ढंगले अघि बढिरहेको छ ।

 

न्यौपानेले इटहरीमा सम्पन्न एक बैठकमा आफूले नै आगामी परिस्थितिबारे चेतावनी दिएको स्मरण गर्दै अहिलेका उम्मेदवारहरू अन्य कुनै शक्तिबाट निर्देशित भएको अनुभूति भएको बताउनु भएको छ । टिकट वितरण प्रक्रियामा देखिएको अपारदर्शिता र आन्तरिक असन्तुलनप्रति पनि उनले तीव्र असन्तोष व्यक्त गर्नु भएको छ ।
‘सिक्किमीकरण’को प्रसंग जोड्दै उहाँले सिक्किमका मतदाताले मतदानमार्फत नै भारतमा विलय भएको ऐतिहासिक उदाहरण स्मरण गराउनु भएको छ । अहिले रास्वपाका उम्मेदवारहरूको व्यवहार र राजनीतिक शैलीले त्यस्तै जोखिमको संकेत गरेको उहाँको दाबी छ । मतदातालाई सचेत रहन आग्रह गर्दै उहाँले प्रतिनिधि वा दलको पृष्ठभूमि, विचार र जिम्मेवारीबोध बुझेर मात्र मतदान गर्न अनुरोध गर्नु भएको छ।

 

एमाले रोज्नुको कारण स्पष्ट पार्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको नाकाबन्दीका बेला लिएको राष्ट्रवादी अडान र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानले आफूलाई आकर्षित गरेको बताउनु भयो । दक्षिण कोरियाको सहज जीवन छोडेर देश निर्माणका लागि फर्किएको सिपाही भएको उल्लेख गर्दै उहाँले ओलीविरुद्ध भइरहेका आलोचना र आरोपहरूलाई अतिरञ्जित र योजनाबद्ध भएको जिकिर गर्नु भएको छ ।
उहाँले राजनीति आफ्नो लागि पद वा प्रतिष्ठाको विषय नभई किसान र माटोको समस्या राज्यको नीतिमा स्थापित गर्ने माध्यम भएको स्पष्ट पार्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा