भोजपुर, फागुन १७ ।भोजपुरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस आबद्ध रहेका दुईवटा गाउँबाट ६८ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नु भएको छ । भोजपुरको आमचोक गाउँपालिका ७ सागुरीमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नु भएको छ । नेकपाबाट २५ जना र कांग्रेसबाट १६ जना एमाले प्रवेश गरेको एमाले आमचोक गाउँ कमिटी सचिव मिलन राईले जानकारी दिनु भयो । त्यस्तै सोही वडाको दुम्रेमा नेकपाबाट २७ जना नेताकार्यकर्ता एमाले प्रवेश गर्नु भएको छ । उहाँहरुलाई एमाले उम्मेदवार समेत रहेका केन्द्रीय पार्टी सचिव शेरधन राईले पार्टी प्रवेश गराउनु भएको हो् । आमचोक गाउँपालिका शेरधन राईको आफ्नै पालिका हो । यो ठाउँमा नेकपामा नेता कार्यकर्ता धमाधम एमाले प्रवेश गरिरहेका छन् ।










