आगामी चुनाव जनमत संग्रह पनि हो : एमाले अध्यक्ष ओली

दमक,१७ फागुन, २०८२। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रह समेत रहेको बताउनु भएको छ । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निक्र्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उहाँले बताउनु भएको हो ।

रोल
फागुन २१ को प्रतिनिधी सभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा ५ का मतदाताहरुसँग साक्षात्कार गरि रहनु भएको छ । यसै क्रममा आईतबार दमक १ मा भएको कार्यक्रममा उहाँले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत संग्रहको रुपमा लिनु पर्ने बताउनु भएको हो । उहाँले यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निक्र्यौल गर्ने उहाँले बताउनुभयो । देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरु सक्रिय हुन खोजेको भन्दै एमाले अध्यक्ष ओलीले आगामी चुनावबाट त्यस्तालाई सधैंका लागि थान्को लगाउनु पर्ने पनि बताउनुभयो । नेपालाई विदेशीको परेड खेल्ने स्थल हुन बाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उहाँले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरि रहेको उहाँले बताउनुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।