लेबनानमा इजरायली हवाई आक्रमण : ३१ जनाको मृत्यु, १४९ घाइते

लेबनान,१८ फागुन । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर र दक्षिणका विभिन्न क्षेत्रमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको हो ।

 

विज्ञप्ति जारी गर्दै मन्त्रालयको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले बेरुतको दक्षिणी उपनगरमा २० जनाको मृत्यु हुनुका साथै ९१ जना घाइते भएको सोमबार बताएको छ । यसै गरी दक्षिणी लेबनानमा भएको आक्रमणमा ११ जनाको मृत्यु भएको र ५८ जना घाइते भएको जनाउदै केन्द्रले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

 

इजरायली आक्रमणहरूले, बेरुतको दक्षिणी उपनगरहरूलाई लक्षित गरेकाले दक्षिणी लेबनानबाट इजरायली संस्थातिर रकेट प्रक्षेपण गरेपछि विस्थापनको ठूलो मात्रामा लहर सुरु भएको बताइएको छ । सन् २०२४ नोभेम्बर मा युद्धविराम सम्झौता लागु भए पछि पहिलो पटक इजरायली इकाई तिर रकेट प्रहार गरिएको बताइएको छ ।

 

सन् २०२४ नोभेम्बर मा, लेबनानमा लागु भएको युद्धविराम सम्झौतामा ६० दिन भित्र दक्षिणी सीमावर्ती गाउँ र सहरहरूबाट इजरायली सेना फिर्ता लिन अनिवार्य गरिएको थियो । त्यसपछि, लेबनानी सरकार फेब्रुअरी १८ सम्म समयसीमा विस्तार गर्न सहमत भयो; यद्यपि, कब्जा सेना पाँच बिन्दुमा तैनाथ छ भने निरन्तर युद्धविरामको उल्लङ्घन जारी रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धनकुटामा साढे दुई करोडको आठपहरिया सङ्ग्रहालय अलपत्र

धनकुटा,१९ कार्तीक । आठपहरिया समुदायको मौलिक कला, संस्कृति, इतिहास र परम्परागत जीवनशैली संरक्षण गर्ने उद्देश्यले धनकुटामा दुई करोड ५८ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको आठपहरिया

तुलसी सहकारीका पीडितसँग दमकमा प्रशासनको छलफल, बचत फिर्ताको प्रक्रिया अघि बढाउने प्रतिबद्धता

दमक, १९ कात्तिक । लामो समयदेखि बचत रकम फिर्ता नपाएर समस्यामा परेका तुलसी बहुमुखी सहकारीका दमक शाखाका बचतकर्ताको समस्या समाधानका लागि झापाको स्थानीय प्रशासनले पहल

दमकमा ५० विगाह क्षेत्रफल जग्गामा बन्दै छ बहुउद्देश्यीय पार्क, लगानी नगरपालिकाले खोज्ने

दमक, १९ कार्तिक । दमकमा घुम्न जाने ठाउँ खासै छैन । जति छ एउटा दमक फन पार्क अर्को दमक १० मा रहेको इन्द्रेणी ताल ।

ग्यास उद्योग मर्जरका लागि आयकर छुटको माग

काठमाडौं,१९ कार्तीक । नेपाल एल.पि. ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्न (मर्जर) का लागि आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ

भ्रष्टाचार मुद्दाका प्रतिवादी मन्त्रीसँगै सार्वजनिक कार्यक्रममा

इटहरी,१९ कार्तीक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दामा विशेष अदालतमा प्रतिवादी बनाइएका कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल प्रदेश सरकारका मन्त्रीसँगै सार्वजनिक

सुनकोशी–मरिन डाइभर्सनको ठेक्का फेरि रद्द, आयोजना अन्योलमा

काठमाडौँ,१९ कार्तीक । राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना यतिबेला अन्योलको भुमरीमा फसेको छ ।नेपालको समग्र आर्थिक तथा सामाजिक विकाससँग जोडिएको र उच्च प्राथमिकतामा