सुरक्षा व्यवस्था कडा

दमकमा आचारसंहिता उल्लंघन गर्दै होहल्ला गर्ने १० जना पक्राउ

झापा, १९ फागुन । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने, मादक पदार्थ सेवन गरी होहल्ला तथा हिडडुल गर्नेहरुलाई दमक प्रहरीले पक्राउ गरेको छ। गएराति ९ बजेर ४५ मिनेट तिर इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी नायव उपरीक्षक किशोर लम्साल कमाण्डको प्रहरी टोलीले दमक नगरपालिकाका विभिन्न स्थानमा गस्ती गरेको थियो ।

त्यसक्रममा पक्राउ पर्नेहरुमा दमक–५बस्ने बर्ष२२का अनिस रसाईली , सोही ठाउँ बस्ने बर्ष१९ का विवेक खड्का,बर्ष२९का जोन बिश्वकर्मा,कमल–५बस्ने बर्ष५३का अशोक मुखिया , सोही ठाउँ बस्ने बर्ष३९का हर्क राई, बर्ष६६का डम्बर राई ,गौरादह –२बस्ने बर्ष४५का उद्धवराज ताजपुरिया ,इलाम चुलाचुली –४बस्ने बर्ष३७की सानी भन्ने छवि लिम्बू ,दमक–४बस्ने बर्ष४०की सावित्रा लिम्बू र दमक–६बस्ने बर्ष ३७का अख्तर खान रहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मानव–वन्यजन्तु द्वन्द्व समाधानमा राजनीतिक दलहरू गम्भीर हुनुपर्छः गगन थापा

काठमाडौं,१ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मानव–वन्यजन्तु द्वन्द्व नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण विषय भएकाले यसको समाधान राजनीतिक दलहरूको प्राथमिकतामा पर्नुपर्ने बताउनु भएको

पूर्वअर्थमन्त्री पौडेललाई साधारण तारेखमा छाड्न अदालतको आदेश

काठमाडौं,१ साउन । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रतिवादी बनाइनु भएको

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

विराटनगर ,१ असार।  कोशी प्रदेश सरकारले ग्रामीण सडक आयोजना, सार्वजनिक खरिद प्रक्रिया र ‘म अघि बढ्छु’ कार्यक्रमसँग सम्बन्धित तीन महत्वपूर्ण प्रस्ताव स्वीकृत गरेको छ ।

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं,१ साउन । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ । मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै

हराएको वा बिग्रेको सिमको अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं ,१ असार। नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्डको सट्टा नयाँ सिम लिनका लागि अनलाइनबाटै आवेदन दिन सकिने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले शुक्रबार

राष्ट्र बैंक ऐन संशोधन विधेयकमा खुला छलफल गर्न सरकार तयारः अर्थमन्त्री

काठमाडौँ,१ साउन । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ ।